कोरोना संक्रमित मिर्गौला पीडितको डायलासिस
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार १३:३:४४
१ जेठ, दमौली । कोभिड संक्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास नगरपालिका–१ का ४९ वर्षीय पुरुषको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा शुक्रबार राति डायलासिस गरिएको हो । उनमा तीन दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणपछि मिर्गौला उपचार केन्द्रमा डायलासिस गर्ने उनी दोस्रो व्यक्ति हो । गत वर्ष कोरोना संक्रमण भएपछि व्यास नगरपालिका–४ का एक व्यक्तिको पनि यही डायलासिस गरिएको थियो ।
शुक्रबार डायलासिस गरेका ती व्यक्तिले नियमित डायलासिस गर्दै आएको केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । “उनको यसअघि सोमबार र बिहीबार डायलासिस हुँदै आएको थियो, अब शुक्रबार र मङ्गलबार डायलासिसको तयारी गरेका छौ,” उनले भने, “शनिबार डायलासिस केन्द्र बन्द हुने भएकाले शुक्रबार डायलासिस गराएपछि निसङ्क्रमण गर्न सजिलो हुन्छ ।”
कोरोना सङ्क्रमित ती व्यक्तिलाई एक्लै राखेर डायलासिस गर्ने व्यवस्था मिलाइएको छ । “सबै गइसकेपछि स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उनको डायलासिस गर्छन,” उनले भने । कोरोना संक्रमितको ती पुरुषको स्वास्थ्य अवस्था सामान्य छ । उनको हाल दमौली अस्पतालको कोभिड कक्षमा उपचार भइरहेको छ ।
केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म करीब २५ हजार भन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा ९ वटा डायलासिस गराउने उपकरण रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार