अन्नपुर्णमा २५ शय्याको आइसोलेसन सञ्चालन
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार १५:२८:१५
१ जेठ, म्याग्दी । नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेशन कक्ष पुनः सञ्चालन गरेको छ ।
गत पुष महिनामा स्थापना भएको कोरोना अस्पताल कोरोनाका बिरामी भेटिन छाडेका, नियुक्त गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि फागुनमा बन्द भएको थियो । मिस्ट्री र घलेम्दीखोला जलद्यिुत आयोजना निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राख्न जलविद्युत आयोजनाले भवन बनाएका थिए । आयोजना निर्माण सकिएपछि ति भवन प्रयोगविहिन बनेका थिए ।
सेनाको क्याम्प सरेपछि खाली भएका भवन मर्मत, रङ्गरोगन, खानेपानी, विद्युत जडान गरेर आइसोलेसन सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले तत्काल मौजुदा स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेर अस्पताल सुरु गरिसकेको र तलब व्यवस्थापन गरेर चिकित्सक ल्याउने र थप स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा रहेको बताए ।
उपचारमा खटिने स्वास्थ्यकर्मीलाई तलबको पचास प्रतिशत अतिरिक्त सुविधा गाउँपालिकाल दिने भएको छ । कामको चाप बढेपछि गाउँपालिकाले सञ्चालन गरेको प्रयोगशालाका कर्मचारीहरुको तलब बढाइएको छ । अन्नपूर्णको कोरोना अस्पतालमा १५ सिलिण्डर अक्सिजनको ब्यवस्था गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले छ स्वास्थ्यकर्मीको तीन वटा समूह बनाएर २४ सै घण्टा सेवा दिइएको बताए ।
“बेनी अस्पतालका चिकित्सकको सम्पर्कमा रहेर दुई जनालाई अक्सिजन र एक जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ,” उनले भने “अन्नपूर्णमा करिब तीस जना सक्रीय संक्रमित छन् । सात जनाले कोरोना जितेका छन् ।” केहीदिन अघि कोरोना सङ्क्रमण निको भएका सिनियर अहेव विक्रम पुनको नेतृत्वमा आइसोलेसन र कोरोना अस्पताल सञ्चालन भएको छ ।
वडा न। ४ गाडपारमा शुक्रबार एकै परिवारका पाँच जनामा संक्रमण पुष्टि भएको छ । गत चैत तेस्रो हप्ता अन्नपूर्ण–४ नारच्याङमा जलविद्युत आयोजनाका ११ जना कर्मचारी र समुदायका चार जनामा कोरोना संक्रमण भएको थियो । आठ वटै वडाका स्वास्थ्य चौकीमा पनि एक÷एक वटा अक्सिजन सिलिण्डरको ब्यवस्था गरिएको छ । संक्रमितको उपचारका लागि आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराइने अध्यक्ष पुनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार