आइतबार , असार ६, २०७८

दोलखामा १० दिनका लागि निषेधाज्ञा जारी

दोलखामा  १० दिनका लागि निषेधाज्ञा जारी

१ जेठ, काठमाडौं ।  कोरोना भइरसको सक्रमण रोक्न जिल्ला प्रशासन कार्यालय दोलखाले आजबाट १० दिनको लागि निषेधाज्ञा जारी गरेको छ ।समुदाय स्तरमा नै कोरोनाको सक्रमण फैलिएपछि आजबाट निषेधाज्ञा जारी गरिएको हो । यस अवधिमा अत्यावश्यक सामग्री बोकेको ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधनमा पूर्ण रुपमा रोक लगाइएको गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

मुख्य ८ वटा बजार क्षेत्रका बजार पसल बिहान ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय भएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना र विकास निर्माणको लागि प्रयोग हुने सवारी साधन सम्बन्धित आयोजना प्रमुख वा कार्यलय प्रमुखले जारी गरेको पासको आधारमा सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र दोलखाले जनाएको छ ।दोलखामा सक्रिय संक्रमितको सङख्या ४५ रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय