स्वयंसेविकाले जोखिम भत्ता पाएनन् अझै
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार २०:४:३०
१ जेठ, दैलेख । ठाटीकाँध गाउँपालिकाका स्वयंसेविकाले कोरोना जोखिम भत्ता पाएका छैनन् । कोरोना महामारीको पहिलो लहर शुरु भएसँगै तीनै तहका सरकारले रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना बनाए ।
यस पालिकाले सामुदायिक तथा प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अहेब, अनमी तथा स्वास्थ्य स्वयंसेविकालाई महामारीमा ज्यान जोखिममा राखेर गाउँगाउँमा खटायो । नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य सामग्री वितरण गरे । यसरी खटिएको एक वर्ष बितिसक्दा पनि उहाँहरुले सरकारले दिने भनेको जोखिम भत्ताबापतको रकम नपाएको गुनासो गरेका छन् ।
ठाटीकाँध–३ मा रहेको विशाला उपस्वास्थ्य चौकीमा कार्यरत स्वयंसेविका पवित्रा गौतमले गत वर्ष कोरोना महामारीको समयमा गाउँभरि स्वास्थ्य सामग्री वितरणमा खटिए पनि सरकारले दिने भनेको जोखिम भत्ता नपाएको गुनासो गरे।
“हामीले गाउँपालिकाको निर्णयलाई मानेर आफ्नो ज्यान जोखिममा राख्दै नागरिकको घरदैलोमा पुगी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सुझाव दियौँ, स्वास्थ्य सामग्री वितरण ग¥यौँ”, उनले भने, “गाउँपालिकाले कहिले भारतबाट आएका व्यक्तिको विवरण ल्याउन भन्यो, कहिले वृद्धवृद्धाको विवरण बनाएर सम्बन्धित वडा कार्यालयमा बुझाउ भन्यो, सबै काम ग¥यौँ, तर आजसम्म कोरोना जोखिम भत्ता पाएका छैनौँ, हाम्रो दुःख गाउँपालिकाले बुझेन ।”
गाउँपालिकाले दैनिक रु एक हजार ५०० भत्ता दिने निर्णय गरेको भन्ने कुरा पनि सुनेको उनले बताए । “अहिलेसम्म कुनै रकम पाएका छैनौँ, वडा कार्यालयमा यस विषयमा कुरा गर्दा गाउँपालिकाको बैठकमा कुरा राखेका छौँ मात्र भन्छन्”, गौतमले भने, “निःशुल्क काम गर भनेका भए गर्ने थियौँ ।” गाउँपालिकाका योजना तथा अनुगमन शाखाप्रमुख मनबहादुर थापाले गाउँपालिकाका सबै स्वयंसेविकाले कोरोना भत्ता नपाएको स्वीकार गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार