काभ्रेपलाञ्चोकमा दैनिक डेढसय संक्रमित हुन थाले
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार २०:३५:४१
१ जेठ, काभ्रेपलाञ्चोक । पछिल्ला केही दिनदेखि यहाँ दैनिक १५० को सङ्ख्यामा संक्रमित थपिन थालेका छन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलन थालेपछि दैनिक डेढसय हाराहारीको सङ्ख्यामा संक्रमण देखिन थालेको जनाइएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा १५१, अघिल्लो दिन १५६ तथा बुधबार १४६ मा कोरोना संक्रमण पुष्टि भयो । दैनिक ३० को हाराहारीमा कोरोना संक्रमणमुक्त हुने गरेका छन् भने सरदर दैनिक दुईको मृत्यु हने गरेको तथ्याङ्कले देखाएको छ । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ‘डिसिसिएमसी’का अनुसार हाल कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता एक हजार ७२४ सक्रिय संक्रमित रहेका छन् ।
करीब हप्ताअघिसम्म दैनिक सरदर ७० सङ्क्रमित थपिने गरेकामा कन्ट्याक्ट टे«सिङ प्रक्रियाबाट दोब्बर सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएको जनाइएको छ । “समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएकाले बढ्दो संक्रमण यसका बिरामी देखिएका हुन्, कन्ट्याक्ट टे«सिङलाई नियमितता दिन सकिएमा कोरोना पत्ता लगाई ज्यान जोगाउन मद्दत पुग्ने थियो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने ।
उनका अनुसार सामान्य रुघाखोकी र ज्वरो भन्दै हेलचेक्र्याइँ गर्ने र स्वास्थ्य स्थिति बिग्रँदै गएपछि अस्पताल आउने गर्दा कोरोना परीक्षणपछि उपचारसमेत शुरु गर्न नपाउँदै अस्पतालमै मृत्यु हुने गरेका घटना देखिएका छन् । पछिल्लो हप्तादेखि समुदायस्तरमा जोखिम बढ्दै गएपछि कोरोना सङ्क्रमितको यही अवस्था रहिरहे होम आइसोलेशनमा मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै जाने आशङ्का गरिएको छ ।
गाउँगाउँमा कोरोना संक्रमणबारे अवस्था अनुगमन गर्नुपर्नेमा त्यसो नभएकाले स्थिति भयाभह हुनसक्ने पनि झाले बताए । उनले भने, “स्थानीय तह अझ बढी जागरुक बन्नुपर्ने देखिन्छ, कोरोनाविरुद्धको दोस्रो चरणको खोप कार्यक्रममा अबको दुई हप्ता अधिकांश स्वास्थ्यकर्मी पनि व्यस्त रहन्छन् ।” उनी अब निषेधाज्ञालाई ‘लकडाउन’मा बदल्दै स्वास्थ्य सङ्कटकाल घोषणा गर्नुपर्ने आवश्यकता रहेको बताउछन।
यसैबीच यहाँ कूल कोरोना संक्रमण मध्ये ३८ दशमलव ५१ प्रतिशत सक्रिय सङ्क्रमित बनेपा नगरपालिकाका छन् । जिल्लामा हालसम्म एक हजार ७२४ मा कोरोना भाइरस संक्रमण देखिएमध्ये बनेपाका ६६४ हुन् । पछिल्लो २४ घण्टामा बनेपाका २४ मा, अघिल्लो दिन ३४ मा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । हालसम्म नगरका दश सङ्क्रमितको मृत्यु भएको छ । हाल कोरोनाको ‘हटस्पट’का रुपमा देखिएको बनेपा शहर जिल्लाको प्रमुख व्यापारिक केन्द्र पनि हो ।
कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म जिल्लाका कूल एक हजार ७२४ सङ्क्रमितमध्ये बनेपामा ६६४, धुलिखेलमा ३५३, पनौतीमा २९८, पाँचखालमा १०५, नमोबुद्धमा ८० र मण्डनदेउपुर नगरपालिकामा ६७ तथा रोशीमा २३, चौंरीदेउरालीमा १८, तेमालमा २८, भुम्लु ३०, खानीखोलामा २३, बेथानचोकमा १८ र महाभारत गाउँपालिकामा १७ सक्रिय संक्रमित रहेका छन् । कूल संक्रमितमध्ये ९५ प्रतिशत अर्थात् एक हजार ६४२ सङ्क्रमित होम आइसोलेशनमै उपचाररत छन् । हालसम्म जिल्लाका ७२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार