शुक्रबार , असार ११, २०७८

निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ?

निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ?

१ जेठ, काठमाडाैं । निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले सांग्रीला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ ।

निषेधाज्ञा अवधिमा बैंकका ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाई भोग्नु परे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा समन्वयकर्ताहरु तोक्ने काम गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जसअनुसार काठमाण्डौ उपत्यकाका विभिन्न शाखाका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको छ भने प्रदेशस्तरमा पनि समन्वयकर्ता छनौट गरी उनीहरुको नाम र सम्पर्क नम्बरको सूची नै सार्वजनिक गरिएको छ । काठमाडाैं उपत्यकाका लागि विभिन्न शाखामा कुल १९ जना सम्पर्क व्यक्ति तोकिएको छ ।

यस्तै, प्रदेश नम्बर १ का लागि २ जना, प्रदेश नम्बर २ का लागि २ जना, भरतपुर क्षेत्रका लागि २ जना, मकवानपुर क्षेत्रका लागि एकजना, बुटवल क्षेत्रका लागि एकजना, बाग्लुङ क्षेत्रका लागि एकजना, नेपालगञ्ज क्षेत्रका लागि ३ जना, दाङ क्षेत्रका लागि एकजना, गोरखा क्षेत्रका लागि २ जना, कर्णाली प्रदेशका लागि एकजना, सुदुरपश्चिम क्षेत्रका लागि २ जना र पोखरा क्षेत्रका लागि २ जना सम्पर्क व्यक्ति तोकिएको प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय