मध्य भोटेकोशी जलविद्युतको आईपिओ आवेदन आइएमई पे बाट
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार २२:१४:१७
१ जेठ, काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपओमा आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै बुधबार देखी आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दालाई लक्षित गरी जारी गरेको आईपिओमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको हो ।
आयोजनाको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक वासिन्दाहरूले आइएमई पे मार्फत आवेदन दिन सक्ने बताउँदै अन्यलाई आवेदन दिनको लागि अर्को ब्यबस्था गरिने छ । यसरी आइएमई पे बाट आवेदन भर्दा निश्चित प्रकृया पुरा गर्नुपर्ने हुन्छ । पहिलोपटक आइएमई पे प्रयोग गर्नेको हकमा सबैभन्दा पहिला आइएमई पे एप डाउनलोड गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
मध्य भोटेकोशीले २१ बैशाख देखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । यसरी निष्काशन गरिएको आईपिओमा न्युनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ । छिटोमा ४ जेठ सम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा २० जेठसम्म आईपिओमा आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार