आइतबार , असार ६, २०७८

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दै

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दै

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता कार्यकर्ताको संलग्नतामा कार्यक्रम गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ ।

कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, पालिकाका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कार्यक्रमको प्रमुख अतिथि कांग्रेसका सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथिका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य नेतासमेत सहभागी हुने पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

सबै प्रदेशको संयोजन कांग्रेसका सहमहामन्त्री तथा समितिका संयोजक डा प्रकाशशरण महतले गर्नुहुनेछ । यही जेठ २ गतेदेखि शुरु हुने कार्यक्रममा बिहान १० बजेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेश, अपराह्न ४ बजेदेखि लुम्बिनी प्रदेश, जेठ ३ गते बिहान १० बजेदेखि गण्डकी प्रदेश र अपराह्न ४ बजेदेखि वाग्मती प्रदेशका जिल्लाको सहभागिता रहने जनाइएको छ । त्यस्तै जेठ ४ गते बिहान १० बजेदेखि प्रदेश नं २ र अपराह्न ४ बजेदेखि प्रदेश नं १ का जिल्लाको सहभागिता रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

डेनमार्कद्वारा तीन लाख ५८ हजार डोज अस्ट्राजेनिका खोप केन्यालाई उपलब्ध गराउने डेनमार्कद्वारा तीन लाख ५८ हजार डोज अस्ट्राजेनिका खोप केन्यालाई उपलब्ध गराउने २ हप्ता पहिले
कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण २ दिन पहिले
भारतले मानसरोवर सडकखण्ड विस्फोट गर्दा नेपाल क्षति भारतले मानसरोवर सडकखण्ड विस्फोट गर्दा नेपाल क्षति १ हप्ता पहिले
आर्सेनिकयुक्त पानी पिउन बाध्य सुस्तावासी आर्सेनिकयुक्त पानी पिउन बाध्य सुस्तावासी १ हप्ता पहिले
सर्वसाधारणको लागि पाँच लघुवित्तले ४० लाख कित्ता आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ? सर्वसाधारणको लागि पाँच लघुवित्तले ४० लाख कित्ता आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ? ४ हप्ता पहिले
कलात्मक तोप चराको गुँड कलात्मक तोप चराको गुँड ३ हप्ता पहिले
बंगलादेशमा थप एक महिना लम्ब्याइयो लकडाउन बंगलादेशमा थप एक महिना लम्ब्याइयो लकडाउन ३ दिन पहिले
घनश्यामले फेसबुकबाटै दिए ओलीले सोधेको स्पष्टीकरणको जवाफ: संसदीय मर्यादा उल्लंघन गरेकै हुँ ! घनश्यामले फेसबुकबाटै दिए ओलीले सोधेको स्पष्टीकरणको जवाफ: संसदीय मर्यादा उल्लंघन गरेकै हुँ ! ३ हप्ता पहिले