माकुनेले जिल्याएपछि प्रचण्डले भने-धोकेवाज नेता
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १७:१४:३४
२ जेठ, काठमाडौं । नेकपा एमालेका धेरै नेता कार्यकर्ता ठान्छन्–वरिष्ठ नेता माधवकुमार नेपाल लचकदार र इमान्दार छन् । साथै, वचनका पक्का पनि । तर नेता नेपाल फरक चरित्रका हुन् भन्ने ठम्याई थोरै नेताको रहेको छ । बोली र व्यवहारमा ओली भन्दा नक्कली नेपाल रहेको ठम्याई केही नेताको छ । त्यसैमध्येका एक हुन् –नकेपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
थोरै पछिल्ला दिन र घटनाक्रम नियालौं । जेठ ३ , २०७५ अगाडिसम्म नेकपा एमाले र नेकपा माओवादी अलगै थिए । तर पार्टी एकीकरण भयो – नेकपा । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुबै अध्यक्ष बने । त्यसपछि केही समय नेता नेपाल एक्लिए । ओली र प्रचण्ड मिलेर नेता नेपाललाई कर्नरमा पारे । त्यसपछि नेता नेपालको चाल बदलियो ।
उनी जसरी भएपनि ओलीलाई तह लगाउने दाउमा थिए । त्यसपछि नेपालले प्रचण्डलाई ओलीविरुद्ध भड्काउने काम निरन्तर गरे । हुँदा हुँदा उनले आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता कार्यान्वयन गर्न आफ्नो बलियो साथ र समर्थन रहने बताए ।
अनि बल्ल सुरु भयो ओली-प्रचण्ड द्वन्द्व । ओलीविरुद्ध भैंसेपाटी गठबन्धन बन्न थाल्यो । बामदेव गौतम र माधव नेपालले प्रचण्डलाई ओलीका विरुद्ध तथानाम सुनाए । प्रचण्ड पनि हौसिए । त्यतिबेला प्रचण्डकै निकट रहेका कतिपय नेताहरु (हरिबोल गजुरेल) लगायतले माधव भन्दा ओलीसँगै मिलेर जाँदा माओवादीलाई फाइदा पुग्ने बताए । तर जनार्दन शर्मा र वर्षामान पुनहरु भने ओली भन्दा माधवसँगैको सहकार्य र सहयात्रा फलदायी हुने भन्दै प्रचण्डलाई सु¥याए ।
जसले गर्दा प्रचण्डको लगनगाँठो नेपालसँग अझै प्रगाढ भयो । यो क्रम तीब्र बेगमा बढ्यो । पुष ५ गते बिहानपनि प्रचण्डले ओलीलाई भनेका थिए –मलाई भेटेर मात्रै कुनै निर्णय गर्नुहोला है । तर ओलीले उनलाई पर्खेनन् । प्रतिनिधिसभा भंग गरिदिए ।
यो घटनाले प्रचण्ड पिरोलिए । माधव नेपालले भने ओलीविरुद्ध देशव्यापी आन्दोलन चर्काउन सुझाए । नभन्दै ओलीको उक्त कदम प्रतिगामी भएको भन्दै देशव्यापी आन्दोलन चर्कियो । ओलीविरुद्ध नेपालले यति चर्का भाषण गरे कि प्रचण्ड झनै उत्साही बने । ओलीसँग कुनैपनि हालतमा अब सहकार्य नहुने आदिइत्यादि । फागुन ११ गते सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि नेता नेपाल अझै आक्रमक देखिए । ओलीलाई पार्टीबाटै निकाला गरेर नेकपा कब्जा गर्ने उद्घोष नेता नेपालले नै गरे । प्रचण्ड यसबाट अझै सुरिए ।
तर फागुन २३ गते सर्वाेच्चकै अर्काे घटनाले राजनीतिक माहोल उथलपुथल भयो । जेठ ३, २०७५ पूर्वको अवस्थामा फर्कन आदेश आयो । यसबाट प्रचण्ड जति आहत भए त्यो भन्दा बढ्ता चोट नेपाललाई लाग्यो । वाध्य भएर ओलीकै पछि लाग्नुपर्ने उनको बाध्यता थियो ।
तर नेपालको सोच र प्रवृत्ति बदलिने कुरा थिएन । अर्काको आरिस र आफ्नो मनोगत तारिफ उनलाई अचाक्ली मन पर्ने बानी हो । आफैंले कारबाही गरेका ओलीसँग फेरि लुरुक्क परेर जानुपर्ने वाध्यताले मन कुँडिएकै थियो । एमाले भित्रै रहेर ओली प्रवत्ति विरुद्ध अन्तर्संघर्ष गर्ने उनको नारा रह्यो । एमाले पसेर फेरि भाँडभैलो गर्न उनी उद्यत् भए । त्यसका लागि उनले विपक्षी पार्टीको पनि भरपूर उपयोग गरे । ओलीविरुद्ध विश्वासको मत विफल बनाउन जस्तोसुकै त्याग गर्न तयार रहेको सन्देश कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी नेताहरुलाई लगातार दिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा अनि मात्र तात्तिएका थिए । उनले जसपाको दुई पक्षको बमेलले नयाँ गठबन्धन नबन्ने बुझेका थिए । तर माधव नेपालको वचनले उनलाई विश्वास दिलायो । किनभने धेरै मानिसलाई जस्तै देउवालाई पनि नेपाल बचनका पक्का भन्ने लाग्यो ।
तर घटनाक्रम यस्तो बन्यो कि नयाँ सरकार बनाउन माधव नेपालकै भूमिका सर्वाधिक महत्वको बन्यो । उनले वैशाख २७ गते ४ बजेसम्म २० जना सांसदले राजीनामा गर्ने वचन दिएका थिए । भित्र भित्रै चाहिं उनी एमालेमा शक्तिसंचय गर्न उद्यत् थिए । त्यहीं धोका खाए, विपक्षी दलका नेताहरु ।
वैशाख २७ गते नेपालले ओलीसँग चारघण्टा गफ गरे । जब संसद सचिवालयको ढोका बन्द भयो अनि मात्र उनी एक व्यापारीको घरबाट निस्किए । बल्ल माकुनेको भित्री योजना पटाक्षेप भयो । नेताहरु पनि हिस्स बूढी हरिया दाँत भए । माकुनेको भित्री चाला ओलीसँग बार्गेनिङ गर्नु नै थियो । तर उनले यो बुझेनन् की ओलीको आश्वासन फेरि पनि उधारो नै हो । जबकी उनी सबै नगदानगदीमा चाहिन्छ भन्थे ।
ओलीले जेनतेन अल्पमतको सरकार त बनाए । त्यसलाई जोगाउनुपर्ने बाध्यता उनलाई छैन । किनभने अब संसद्ले विकल्प दिन नसक्ने मान्यता स्थापित भइसकेकाले सोझै प्रतिनिधिसभा विघटनमा जान आधार तयार भएको छ । माकुनेलाई ओलीले पनि उपयोग मात्रै गरेका हुन् । जेठ २, २०७५ मा जान ओली तयार भएको उनको भ्रम मात्रै हो । त्यसो थियो भने हिजो मात्रै ओली र नेपाल पक्षीय नेताहरु वार्तामा बस्दा रामबहादुर थापा बादल कसरी र के आधारमा देखापरे ? स्वभाविक छ –ओली जेठ २, २०७५ स्वीकार्ने पक्षमा छैनन् । थिए भने हिजो बादल नै उक्त बैठकमा ओली पक्षका सदस्यका रुपमा रहने थिएनन् ।
आज फेरि ओली र नेपाल कार्यदल बनाउन छलफल गर्दैछन् । कार्यदल बन्ने र कार्यान्वयन हुने अलग कुरा हुन् । कार्यदल बनाउने के का लागि ? एउटै निर्णयले पुगिहाल्थ्यो – सर्वाेच्चको फैसला बमोजिम ९ औं महाधिवेशनको कार्यादेश र नेतृत्व स्थापित गर्ने । कार्यदल त अलमल्याउने चाला मात्रै हो । तर माकुने जस्ता अहंकारी र पदलोलुप नेताको नियति यस्तै नै हो ।
माकुनेले यसबीचमा विपक्षी गठबन्धन बनाउने भनेर ठूलो धोका दिए । पर्सि जेठ ६ गते हुने बाग्मती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचन हुँदा अब कसलाई मत देला त माकुने पक्षले ? जबकी उनकै सिफारिसमा डा. खिमलाल देवकोटालाई सबै विपक्षीले साझा उम्मेदवार बनाएका छन् । यो भन्दा ठूलो धोका के होला ? त्यसैले यस्ता धोकेवाज नेताको नियति यस्तै हुनुपर्ने बुझाई प्रचण्डको पनि रहेको छ । साथै, एमालेकै धेरै नेता कार्यकर्ताले समेत माकुनेको असली रुप देख्ने र अनुभव गर्ने मौका पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार