सिंहदरबारमा ओली र नेपालबीच वार्ता सुरु
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार २०:९:५८
२ जेठ, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि वार्ता सुरु भएको हो।
नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरूप दुई नेताहरु आज पनि वार्तामा बसेका हुन्। आजको वार्तामा कार्यदलको टुंगो लाग्ने बताइएको छ।
माधव नेपाल पक्षले कार्यदलमा सहभागी हुने सदस्यहरुको टुंगो यसअघि नै लगाइसकेको छ। तर, अध्यक्ष ओलीको तर्फबाट भने कार्यदलमा रहने सदस्यहरुको टुंगो लाग्न बाँकी छ। कार्यदलमा रामबहादुर थापा बादललाई पनि सहभागी गराउन खोजेपछि विवाद देखिएको छ।
माधव झलनाथ पक्षले बादल सहभागी भए वार्ता नै भाँडिने चेतावनी दिइरहेका बेला अध्यक्ष ओलीले आज आवश्यक निर्णय लिएर कार्यदलमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउन सक्ने छन्।
तेसाे त विवाद समाधानको लागि कार्यदल बनाउने सहमति ओली–नेपालबीच गत वैशाख ३० गते बुढानीलकण्ठमा भएको वार्तामा भएको थियो । तत्पश्चात् बादलसहितको उपस्थितिमा ओली–नेपालबीचका नेताहरुसँग वार्ता भएको थियो । उक्त वार्ताबाट नेपाल पक्ष संशकित भएको आकलन शुरु भएको छ । नेपाल पक्षको बादलसमेत पार्टीमा रहँदा आफ्नो माग सम्बोधन भएको नहुने विश्लेषण छ ।
गत वर्षको फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएपछि एमालेमा प्रवेश गरेका बादल प्रधानमन्त्री ओलीका विश्वास पात्र बनेका छन् । फागुन २८ गते प्रधानमन्त्री ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक राखेर एमाले प्रवेश गरेका बादलसहितका पूर्वमाओवादी नेताहरूलाई पार्टीमा समावेश गरेका थिए ।
त्यसयताका हरेक बैठकमा ओलीले बादललाई सहभागी गराउने गरेका छन् । ओलीले नेपाल समूहलाई भने त्यस्ता बैठकमा सहभागी गराएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार