बैंकर्सलाई कोरोना लागेपछि जिल्लाभरका बैंक बन्द
नेपालबहस संवाददाता
जेठ २, २०७८ सोमबार २:४६:४९
२ जेठ, ओखलढुङ्गा । ओखलढुङ्गाका बैंक तथा वित्तिय संस्थाहरू एक साताका लागि बन्द भएका छन् । बैंकमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तत्कालका लागि बैंक तथा वित्तिय संस्थाको सेवा बन्द गरिएको हो ।
जिल्लामा सञ्चालित विभिन्न बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमण थप समुदायमा फैलन नदिन जेठ ३ गतेदेखि आगामी जेठ ९ गते सम्मका लागि सबै बैंकका सेवा बन्द गर्न निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताए । बैंकमा सेवाग्राहीको चाप बढी हुने र पैसाको नोट कारोबारबाट समेत जोखिम बढ्ने भएकाले कोरोना सङ्क्रमण नियन्त्रणका लागि बैंकहरु बन्द गरिएको उहाँको भनाइ छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ओखलढुङ्गाको आईतबार बसेको आकस्मिक बैठकले अत्यावश्यक कामका लागि मात्र सम्पर्क व्यक्ति र सम्पर्क नम्बर कार्यालयको सूचना जारी गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्णय गरेको थियो । बैठकको निर्णयअनुसार तत्काल बैंकिङ सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जिल्लाका सबै बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएर पत्राचार गरेको छ ।
जिल्ला सदरमुकामको सिभिल बैक र मोलुङ गाउँपालिकाको प्राप्चामा रहेका मुक्तिनाथ बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका बैंकका कर्मचारी आइसोलेशनमा छन् । बैंकहरु बन्द भए पनि जिल्लामा बैंकका एटिम सेवा भने सञ्चालनमा रहने जनाईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालका वित्तीय संस्थामा समस्या छैनः गभर्नर
चैत १४, २०८० बुधबार
अमेरिकी डलरसँगै युरोको भाउ बढ्यो, अन्यको कति ?
चैत १४, २०८० बुधबार
संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार