आइतबार , असार ६, २०७८

मैले तिम्रो सत्ता टिकाउन के गर्नु पर्यो ? भन:

मैले तिम्रो सत्ता टिकाउन के गर्नु पर्यो ? भन:

कविता

मैले तिम्रो सत्ता टिकाउन के गर्नु पर्यो भन:
रगत पसिना चुहाएर पनि देश सुम्पे कै छु ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अनगिन्ती सपनालाई कुल्चेर पनि हाँसेकै छु,
विकृतिको माला लगाए पनि तारिफ गरेकै छु ।

अस्पतालहरुमा लासले भरिएको भएपनि भाषण सुनेकै छु,
विदेशीहरूको गुलाम भएपनि देशभक्त भनिदिएकै छु ।

स्वाधिनतालाई बन्दगी राखेपनि गुलाम भएर ताली बजाए कै छु,
गाउँशहर बस्तीमा लठैतहरु लगाएर जयजयकार गरेकै छु ।

आसेपासेलाई सर्वत्र लुटाएकै छु, नेताको पगरी गुथेको छु,
राज्यलाई ब्रह्मलुट गरेर आफू रमाएको छु, समाचार बनेकै छु ।

गरिब दुखी निसाहायहरूको नेता भनेर महलमा आफू बसेकै छु,
आफ्ना परिवार र इष्टमित्रहरु राज्यदोहनमा भर्ती गरेकै छु ।

अछम्य अपराधहरुलाई गहना जस्तै सजाएर राखेको छु
सर्वहाराको नारा लगाएकै छु, मोजमस्तीमा रमाएर बसेकै छु ।

कसले गर्छ मेरो विरोध एकहुल मान्छे जम्मा गरि सडकमा आएकै छु,
मैले तिम्रो सत्ता टिकाउन के गर्नु पर्यो भन्, मान्छेहरु भर्ती गरेकै छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कविता: सन्तुलन कविता: सन्तुलन ९ घण्टा पहिले
कविता: मेच नछोड्नुस् कविता: मेच नछोड्नुस् ३ दिन पहिले
आमाका कविता आमाका कविता १ हप्ता पहिले
कविता : लय कविता : लय २ हप्ता पहिले
कविता : विकास कविता : विकास २ हप्ता पहिले
कविता: हाहाकार कविता: हाहाकार २ हप्ता पहिले

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय