आइतबार , असार ६, २०७८

निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब २० करोड रुपैयाँ मुनाफा, अग्रस्थानमा शिखर र नेको इन्स्योरेन्स

निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब २० करोड रुपैयाँ मुनाफा, अग्रस्थानमा शिखर र नेको इन्स्योरेन्स

३ जेठ, काठमाडौं । १८ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

वित्तीय विवरण सार्वजनिक गर्ने १८ कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ३ अर्ब २० करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जुन गत वर्षको तुलनामा १३ दशमलब ९५ प्रतिशतले मुनाफा बढेको छ । गत वर्षको यहि अवधिमा कम्पनीहरुले २ अर्ब ८३ करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।

तेस्रो त्रैमाससम्ममा सबैभन्दा बढि मुनाफा शिखर इन्स्योरेन्सले बढाएको छ । शिखरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३६ करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

धेरै मुनाफा आर्जन गरेका शिखरले हकप्रद समेत निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ७५ करोडको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । उक्त हकप्रद पश्चात कम्पनीको पूँजी २ अर्ब २८ करोड पुग्नेछ ।

दोस्रो धेरै मुनाफा गर्नेमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्ष पहिलो नम्बरमा राष्ट्रिय बीमा कम्पनी थियो । गत वर्ष राष्ट्रिय बीमा कम्पनीले ५३ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । तर यस वर्ष कम्पनीको मुनाफा ४९ प्रतिशतले घटेको छ ।

कुन कम्पनीको मुनाफा कति ?

1 12

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय