कामपामा परीक्षण गरिएका ७० प्रतिशतमा कोरोना
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १७:०:३५
३ जेठ,काठमाडौं । कोभिड–१९ को संक्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन संक्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।
कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । कामपाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुँइकेलले भने।
संक्रमण पुष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नु नपर्ने मान्यता रहे पनि कामपाको हकमा भने १४ दिनपछि निको भएकाहरुले पनि पुनः परीक्षणको माग राख्दै आएकाले केही समस्या भएको छ । अहिलेसम्म कामपाले सबैको निःशुल्क परीक्षण गर्दै आएको छ ।
परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीहरुका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ । कामपाको २३ वडा मध्ये सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० कामपाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।
कामपाका जनस्वाथ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरका अनुसार पछिल्लो समय कामपामा संक्रमण दर अत्यधिक बढेको छ, यसरी नै संक्रमित बढ्ने हो भने अवस्था जटिल हुन सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ ।
“गत वर्षको बन्दाबन्दीमा नागरिक बढी नै सचेत थिए तर अहिले त्यो अवस्था छैन । विभिन्न बहानामा नागरिक घरबाहिर निस्किरहेको पाइन्छ, यसले जोखिम त बढाएको छ नै, नियन्त्रणका लागि कामपाले कठोर कदम चाल्नुपर्ने आवश्यता पनि देखिएको छ”, प्रमुख कुँवरले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
वन्यजन्तु सप्ताहः सामुदायिक वनमा चरा अवलोकन
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई समर्थन दिनेबारे एमाले अझै मौन
बैशाख ६, २०८१ बिहिबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार