आइतबार , असार ६, २०७८

विराटनगरमा थप ६ जना कोभिड संक्रमितको मृत्यु

विराटनगरमा थप ६ जना कोभिड संक्रमितको मृत्यु

३ जेठ, काठमाडौं । कोभिड १९ को संक्रमणबाट  विराटनगरका विभिन्न अस्पतालमा गरी आजमात्र थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१८ का ५५ वर्षीय पुरुषको र अन्यको विराट मेडिकल शिक्षण अस्पतालमा निधन भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसरी मृत्यु हुनेहरुमा विराटनगर महानगर–४ का ४५ वर्षीय पुरुष, सुनसरीको इनरुवा नगरपालिका–१ का ६२ वर्षीय पुरुष, उदयपुरको कटारी नगरपालिका ४ का ७४ वर्षीय पुरुष, सप्तरीको कञ्चनरूप नगरपालिकाका ६५ वर्षीय पुरुष र कञ्चनरूप–९ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो अस्पताले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय