आइतबार , असार ६, २०७८

अक्सिजन प्लान्टका लागि टेन्डर, जडान अक्सिजन कन्सन्ट्रेटर !

अक्सिजन प्लान्टका लागि टेन्डर, जडान अक्सिजन कन्सन्ट्रेटर !

३ जेठ, काठमाडौं।  जिल्ला अस्पताल सल्यानले अक्सिजन प्लान्टका लागि टेन्डर आह्वान गरेको भएपनि खरिदमा आर्थिक चलखेल गर्दै अक्सिजन कन्सन्ट्रेटर जडान गरेको तथ्य बाहिर आएको छ ।  यस विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय सल्यानमा ‍ लिखित उजुरी परेपछि छानविन प्रशासनले छानविन  समिति गठन गरी अनुसन्धान सुरु गरिएको छ । अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर जडान भएको र उक्त मेसिन खरिदमा अनियमितता भएको उजुरी परेपछि आइतबार छानविन समिति गठन अध्यान सुरु गरिएको हो ।

प्रशासन कार्यालयमा उजुरी परेपछि सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको संयोजकत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी,  शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र बायोमेडिकल इन्जिनियर सदस्य रहेको छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिइन।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

दोषी ठहरिए जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने र भुक्तानी पनि रोक्का गरिएको र  यदि खरिद कर्ताले नै गडबढी गरेको पाइए उक्त कम्पनीलाई कालो सूचीमा राखिने उहाको भनाई छ ।अक्सिजन प्लान्ट भनेको अक्सिजन कन्सन्ट्रेटर भएको र अक्सिजन कन्सन्ट्रेटरलाई त्यतिधेरै पैसा नपर्ने चिकित्सकहरुले बताएका छन् ।  स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले अक्सिजन प्लान्ट भनेर नै टेन्डर आह्वान गरिएको तर कम्पनीले भने अर्कै समान पठाएको जानकारी दिएका छन् ।

स्वास्थ्य सेवा कार्यालयले अक्सिजन प्लान्ट भन्दै ४९ लाखमा खरिद गरेको जानकारी दिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानमा गत मंसिरमा आह्वान गरेको टेन्डरमा ड्रायोजन मेडिटेक प्रा.लि. सुर्खेतले ठेक्का पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय