आइतबार , असार ६, २०७८

कोरोना नियन्त्रणमा सहयोग गर्न युएन एजेन्सीलाई अपिल

कोरोना नियन्त्रणमा सहयोग गर्न युएन एजेन्सीलाई अपिल

३ जेठ,धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन प्रदेशस्थित राष्ट्र सङ्घीय निकाय (युएन एजेन्सी)लाई अपिल गरेका छन् ।

प्रदेश नीति तथा योजना आयोगको संयोजनमा जनकपुरधामस्थित मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न युएन एजेन्सीसँगको छलफलमा राउतले महामारी नियन्त्रणका लागि अतिआवश्यक देखिएको भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधि, जनशक्ति र भ्याक्सिन उपलब्ध गराइदिन अपिल गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

युएन एजेन्सिजले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको गुनासो गर्दै मुख्यमन्त्री राउतले युएन एजेन्सीहरुबाट आउने सहयोग प्रदेशसम्म ल्याउनका लागि पहल गर्नसमेत प्रदेशस्थित प्रतिनिधिहरुलाई आग्रह गरे ।

युएन एजेन्सीजले हालसम्म महामारी नियन्त्रणमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत सहयोगको अपेक्षासमेत व्यक्त गरेका हुन् ।

छलफलमा समाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, युएनडिपीका धनबहादुर चन्द, युएनडिएसएसका जितेन्द्रजङ्ग कार्की, डब्लुएचओका डा. सुरेशकुमार शुक्ला, आइओएमका पङ्कजलाल सिंह, युनिसेफका अशोककुमार झा र युएनएफपिएका नरेन्द्र मिश्रको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? ११ घण्टा पहिले
गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! २३ घण्टा पहिले
विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण २२ घण्टा पहिले
दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा ७ घण्टा पहिले
कोरोनाले पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको मृत्यु कोरोनाले पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको मृत्यु ९ घण्टा पहिले
कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त ३ घण्टा पहिले
मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी ३६ मिनेट पहिले
उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी २१ घण्टा पहिले