वालिङको कपासे गाउँ शिल !
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १७:४९:३२
२ जेठ, वालिङ । वालिङ नगरपालिका १४ को कपासे गाउँलाई शिल गरिएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ का संक्रमितहरु देखापरेसँगै रोकथाम तथा नियन्त्रणका लागि शिल गरिएको हो । नगर प्रमुखसहित स्वास्थ्यकर्मीको टोलीले आइतबार गाउँमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक पर्ने औषधि वितरण गरेको हो ।
“स्वास्थ्यकर्मी र औषधिसहित गाउँमा पुग्यौं” नगर प्रमुख दिलीपप्रताप खाँणले भने, “८६ जनाको स्वास्थ्य परीक्षण गर्दा अधिकांशमा कोभिडका लक्षण देखापरेपछि गाउँलाई नै शिल गरेका छौं ।” अर्को सूचना नहुँदासम्म उक्त गाउँमा बाहिरबाट कोही पनि नजान र गाउँका ब्यक्तिहरुलाई बाहिर आवत जावत नगर्न सुझाव दिईएको नगर प्रमुख खाँणले बताए ।
“सिङ्गै गाउँमा प्रत्येक ब्यक्तिलाई केही न केही स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ” प्रमुख खाँणले भने, “संक्रमणको दर बढ्न नदिन र अन्यत्र फैलिन नदिनका लागि आवत जावतमा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको हो ।” नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताउनुहुँदै उहाँले स्वास प्रस्वास वा स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा तत्काल नगरपालिका, वडा कार्यालय वा स्वास्थ्यचौकीमा सम्पर्क गर्न अनुरोध गरे ।
“कृपया रोग नलुकाउनुस् जे हो त्यही बेलैमा भन्नुस्” उनले भने, “समयमै हामीलाई खबर गरिदिनुहोस् सबै उपचारको ब्यवस्था हामी मिलाउँछौं, कहाँ पु¥याउन पर्ने हो हामी पु¥याउँछौं तर त्यसका लागि समयमै खबर गरिदिनुहोस् ।” गाउँमा पुगेर लक्षण देखिएकाहरुको अक्सिजनको मात्रा, ज्वरोको जाँच गरिएको थियो भने लक्षणका आधारमा सबैलाई आवश्यक औषधि उपलब्ध गराईएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए ।
स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्न आग्रह गरिएको छ भने थप स्वास्थ्य जटिलता उत्पन्न भएमा सम्पर्क गर्नका लागि नम्बर उपलब्ध गराएर छोडिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले जानकारी दिए । अक्सिजनको मात्रा कमि भएका केहीलाई थप उपचारका लागि गह«ौं प्राथमिक अस्पताल वालिङमा ल्याईएको छ ।
“गाउँमै भएका अन्य कसैलाई थप जटिलता वा कुनै अप्ठ्यारो महसुस भएमा सम्पर्क गर्नुहुन्छ र हामीले जुनसुकै बेला भएपनि तत्काल उद्दार गर्ने गरी एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका छौं” पाण्डेको भनाई थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार