आइतबार , असार ६, २०७८

सभापति देउवाद्वारा नेता रिजालको निधनप्रति दुख व्यक्त

सभापति देउवाद्वारा नेता रिजालको निधनप्रति दुख व्यक्त

३ जेठ,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन् । तत्कालीन कांग्रेस गुल्मी क्षेत्र नं ३ का पूर्वसभापति रिजालको यही जेठ १ गते भैरहवामा उपचारका क्रममा ८२ वर्षका उमेरमा निधन भएको थियो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत इश्मा गाउँ कार्यसमितिका पूर्वसभापति रिजालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय