आइतबार , असार ६, २०७८

नेपालमा चक्रवातको प्रभाव, मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान

नेपालमा चक्रवातको प्रभाव, मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान

३ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा चक्रवातको प्रभाव देखिएको जनाएको छ । महाशाखाले अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा देखिन थालेको जनाएको हो ।

मौसम विज्ञान विभाग सोमबार एक सुचना जारी गर्दै यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान गरेको उल्लेख गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सामान्य र भोलिबाट बढी प्रभाव देखिने छ । यसको प्रभावले मेघ गर्जनसहित पानी पर्ने, हुरी चल्ने हुने पूर्वानुमान गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

महाशाखाका अनुसार बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ । यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रिमनसुन अवधिमा विकसित चक्रवातले क्षति पुर्याउन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले शुक्रबारसम्म पर्वतारोहण नगर्न र नगराउन भनेको छ ।

चक्रवातका कारण छिमेकी मुलुक भारतका महाराष्ट्र, केरल, तमिलनाडु, कर्नाटक, गुजरात लगायत क्षेत्रको जनजीवन आइतबारदेखि नै प्रभावित भएको छ । भारतका मिडियाहरुले चक्रवातका कारण १२ जनाको मृत्यु भएको जनाएका छन् । चक्रवात प्रभावित क्षेत्रमा कोरोनाविरुद्धको खोप अभियान रोकिएको र कयौंलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वायुको प्रभाव : केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहने  वायुको प्रभाव : केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहने  १ दिन पहिले
कांग्रेसको थप ३३ जिल्लाका क्रियाशील सदस्यता विवरण सार्वजनिक कांग्रेसको थप ३३ जिल्लाका क्रियाशील सदस्यता विवरण सार्वजनिक ६ दिन पहिले
डाइभर्सनले पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालन गर्न सास्ती डाइभर्सनले पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालन गर्न सास्ती ४ दिन पहिले
दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले बढ्यो दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले बढ्यो ६ दिन पहिले
गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढे गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढे ६ दिन पहिले
इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) ५ दिन पहिले
मनाङेको अभिव्यक्तिप्रति राखेपको गम्भीर ध्यानाकर्षण, कारबाहीको माग मनाङेको अभिव्यक्तिप्रति राखेपको गम्भीर ध्यानाकर्षण, कारबाहीको माग ५ दिन पहिले
वन कार्यालय तनहुँद्वारा ६ लाख २५ हजार बिरुवा उत्पादन वन कार्यालय तनहुँद्वारा ६ लाख २५ हजार बिरुवा उत्पादन ५ दिन पहिले