आइतबार , असार ६, २०७८

केन्द्रीय बैंकले १३ अर्ब ७४ करोड बराबरको ट्रेजरी विल बिक्री गर्ने

केन्द्रीय बैंकले १३ अर्ब ७४ करोड बराबरको ट्रेजरी विल बिक्री गर्ने

३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ७४ करोड बराबरको ट्रेजरी विल विक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी विल जारी गर्न लागेको हो । मंगलवार जारी हुने यस ट्रेजरी विलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनको लागि २ अर्ब बरावरको ट्रेजरी विल जारी गर्न लागेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस ट्रेजरी विल आगामी भदौ १ गते परिपक्व हुनेछ । त्यसैगरी राष्ट्र बैंकले १८२ दिनको लागि  ९ अर्ब ८५ करोड बरावरको ट्रेजरी विल जारी गर्न लागेको छ । यो बिल कात्तिक ३० गते परिपक्व हुने राष्ट्र बैंकले जानकारी गराएको छ ।

त्यस्तै १ वर्षको लागि १ अर्ब ८९ करोड बराबरको ट्रेजरी विल जारी गर्न लागेको हो । यो ट्रेजरी विल विसं २०७९ आगामी जेठ ३ गते परिपक्व हुनेछ ।

nrb

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय