आइतबार , असार ६, २०७८

प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध चार रिट दर्ता

प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध चार रिट दर्ता

३ जेठ, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा परेका चार वटा रिट दर्ता भएको छ।

अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । दर्ता भएको रिटमाथि भोलिलाई पेशी तोकिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कानुनमै नभएको व्यहोरा पढेर प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गरिपाऊँ, संघीय कानुन बनाएर शपथको व्यहोरा तोकिपाऊँ त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोकिपाऊँ र सात गैरसांसदलाई दोहोर्‍याएर गरिएको असंवैधानिक नियुक्ति खारेज गरिपाऊँ भन्दै रिट दायर गरिएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग गर्दै रिट दायर गरेका हुन् । रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! २४ घण्टा पहिले
सिद्धगयामा बिहानैदेखि गङ्गादशहरा स्नान गर्ने भक्तजनको भीड सिद्धगयामा बिहानैदेखि गङ्गादशहरा स्नान गर्ने भक्तजनको भीड ७ घण्टा पहिले
धानखेत गोरूको सहायताले हिल्याउँदै किसान धानखेत गोरूको सहायताले हिल्याउँदै किसान ७ घण्टा पहिले
भिरबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भिरबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु ७ घण्टा पहिले
किसानलाई चैतेधान भित्र्याउन चटारो किसानलाई चैतेधान भित्र्याउन चटारो ८ घण्टा पहिले
माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार १९ मिनेट पहिले
बाढीले आफ्नो घर खेत बगाएको ठाउँ हेदै वृद्ध बाढीले आफ्नो घर खेत बगाएको ठाउँ हेदै वृद्ध २ घण्टा पहिले
प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश २ घण्टा पहिले