आइतबार , असार ६, २०७८

प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण

प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण

२ जेठ,लमजुङ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले आज वडा नं ३ घलेगाउँ, वडा नं ४ भुजुङ र वडा नं ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो ।

गाउँपालिकाका अनुसार घलेगाउँमा पाँच, भुजुङ र सिंदीमा १८/१८ वटा गरी ४१ वटा सोलार बत्ती वितरण गरेको हो । पर्यटकीय गाउँ र रातिको समयमा यहाँका विभिन्न गाउँमा आउने पर्यटकदेखि स्थानीयलाई असहज भएकाले सहजताको लागि सोलार बत्ती वितरण गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनले भने, “पर्यटकीय गाउँ भुजुङ, घलेगाउँ र सिंदीलाई सोलार वत्ती वितरण गर्ने निर्णय गरिएको हो ।”

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सोलार बत्ती जडान भएपछि बत्ती गएको सयमामा पनि पाहुनाको स्वागत सत्कारसँगै सार्वजनिक कार्यहरु सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै, राति हुने विभिन्न घटनामा सोलार बत्तीले स्थानीयलाई धेरै सहज पुग्ने बताइएको छ । ती सोलारहरु ती गाउँका मुख्य बाटो, सार्वजनिक स्थल पार्टी पौवामा सोलार बत्ती जडान गरिने भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको रु ५० लाखबाट सोलार बत्ती खरीद गरी वितरण गरेको गाउँपालिकाले जनाएको छ । सोलार बत्ती जडानपश्चात् रातिको समेमा बिजुली नहुँदा समेत धेरै सहज तथा सुरक्षा महशुस हुने भन्दै ती गाउँका स्थानीयवासीहरु उत्साहित एवं हर्षित भएका छन् । घरवास पर्यटनका लागि प्रसिद्ध घलेगाउँ, भुजुङमा धेरै पर्यटक आउने गर्दछन् ।
­­­

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने २ घण्टा पहिले
मेलम्ची–हेलम्बु जोड्ने मोटर बाटो निर्माण जारी मेलम्ची–हेलम्बु जोड्ने मोटर बाटो निर्माण जारी २ घण्टा पहिले
नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै ४ घण्टा पहिले
व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित ९ घण्टा पहिले
सामुदायिक वनमा एक महिलाको शव फेला सामुदायिक वनमा एक महिलाको शव फेला १२ घण्टा पहिले
माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार ५० मिनेट पहिले
तीन लघुवित्तको शेयर लिलामी, कुनको कति ? तीन लघुवित्तको शेयर लिलामी, कुनको कति ? ९ घण्टा पहिले
दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा ९ घण्टा पहिले