आइतबार , असार ६, २०७८

कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह

कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह

३ जेठ, संयुक्तराष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह गरेको छ ।

विश्वका न्यून तथा मध्यम आय भएका मुलुकका लागि खोप खरिद एवं वितरण गर्नेगरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मातहत कोभाक्स स्थापना भएको छ । यस कोभाक्समा विभिन्न राष्ट्र, व्यक्ति तथा संस्थाले खोपको व्यवस्था गर्न रकम उपलब्ध गराइरहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बेलायतको राजधानी लन्डनमा आगामी जुन महिनामा जी–७ का नेताहरुको शिखर सम्मेलन हुँदैछ ।

वैज्ञानिक अनुसन्धान सम्बन्धी कार्य गर्ने एयरफिनिटी संस्थाले उपलब्ध गराएको नयाँ विवरणमा जी–७ का राष्ट्र एवं युरोपेली युनियनले आगामी जुन, जुलाई र अगस्टमा आफूसँग उपलब्ध हुने २० प्रतिशत मात्र खोप उपलब्ध गराए १५ करोड ३० लाख डोज कोभाक्समा प्राप्त हुने उल्लेख छ ।

महानिर्देशक फोरले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकलाई खोप लगाउने लक्ष पूरा गरेरै पनि कोभाक्समा ठूलो परिमाणमा खोप उपलब्ध हुन सक्ने बताए ।

“कतिपय जी–७ का सदस्य मुलुकहरुसँग अन्यको तुलनामा बढी नै आपूर्ति हुँदैछ भने केहीले देशभित्र थप खोप लगाउने अभियान सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थामा पनि बढी भएको खोप कमजोर राष्ट्रहरुलाई उपलब्ध गराउन सकिन्छ,” उनले भने ।

उनले अतिरिक्त खोप तत्कालै उपलब्ध गराउनु न्यूनतम, अत्यावश्यक र आपतकालीन उपाय हो, र यो तत्कालै जरुरी भइसकेको छ भने ।

भारतमा कोरोनाभाइरस महामारी तिब्र गतिमा फैलिएका कारण पनि कोभाक्समा उपलब्ध हुने खोपमा व्यापक कमी आएको छ । भारतको सेरम इन्स्टिच्यूट कोभाक्सका लागि खोप उपलब्ध गराउने प्रमुख खोप उत्पादक कम्पनी हो ।

तर भारतमै खोपको माग अत्यधिक रहेका कारण मे महिनाको अन्त्यसम्ममा कोभाक्समा उपलब्ध हुनुपर्ने १४ करोड डोज खोप प्राप्त हुने सम्भावना देखिएको छैन जसका कारण न्युन एवं मध्यम आय भएका मुलुकहरुलाई कोभाक्समार्फत खोप उपलब्ध गराउने योजनामा धक्का लाग्ने निश्चित छ ।

यतिमात्र होइन, आगामी जुन महिनामा थप पाँच करोड डोज पनि उपलब्ध हुने सम्भावना देखिन्न, महानिर्देशक फोरले भने ।

कोरोनाभाइरस महामारीबाट उम्किने सबैभन्दा प्रभावशाली उपाय भनेकै खोपको विश्वभर समतामूलक वितरण र उपचार नै हो । कोभाक्सको प्रमुख साझेदार संस्थाका रुपमा युनिसेफ पनि यस अभियानमा सक्रियतापूर्वक लागेको छ, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पुल नहुँदा खोलामा जोखिम मोलेर सवारी वारपार पुल नहुँदा खोलामा जोखिम मोलेर सवारी वारपार ७ घण्टा पहिले
नगर सरकारको अनुभूति दिने लगायतका दर्जनौं लोकप्रिय कार्यक्रम लागु गर्ने तयारीमा वालिङ नगरपालिका नगर सरकारको अनुभूति दिने लगायतका दर्जनौं लोकप्रिय कार्यक्रम लागु गर्ने तयारीमा वालिङ नगरपालिका २३ घण्टा पहिले
उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी २१ घण्टा पहिले
कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त ३ घण्टा पहिले
किसानलाई चैतेधान भित्र्याउन चटारो किसानलाई चैतेधान भित्र्याउन चटारो ७ घण्टा पहिले
गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! २३ घण्टा पहिले
माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त ६ घण्टा पहिले
रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? ३ घण्टा पहिले
देउवाको समर्थनमा अदालत पुगेकोमा जसपा यादवपक्षसँग ठाकुरपक्षले माग्यो स्पष्टीकरण देउवाको समर्थनमा अदालत पुगेकोमा जसपा यादवपक्षसँग ठाकुरपक्षले माग्यो स्पष्टीकरण ४ हप्ता पहिले
सभापति देउवाद्वारा मल्लको निधनप्रति दुख व्यक्त सभापति देउवाद्वारा मल्लको निधनप्रति दुख व्यक्त ३ हप्ता पहिले
नेपालमा संक्रमणको दर लगातार घट्न थाल्याे, आज थप ४१ जनाको मृत्यु नेपालमा संक्रमणको दर लगातार घट्न थाल्याे, आज थप ४१ जनाको मृत्यु ५ दिन पहिले
कमल थापा भन्छन्:- दुवै दावी किर्ते हुन्, खारेज गरी चुनाव होस ! कमल थापा भन्छन्:- दुवै दावी किर्ते हुन्, खारेज गरी चुनाव होस ! ४ हप्ता पहिले
शुक्रग्रहबारे जान्न नासाले दुइटा अन्तरिक्ष मिसन पठाउने योजना शुक्रग्रहबारे जान्न नासाले दुइटा अन्तरिक्ष मिसन पठाउने योजना २ हप्ता पहिले
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख भन्दा बढी ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख भन्दा बढी ४ हप्ता पहिले
महोत्तरीमा घरमुलीलाई गोली हानी लाखौँको लुटपाट महोत्तरीमा घरमुलीलाई गोली हानी लाखौँको लुटपाट २ हप्ता पहिले
भारतमा कोरोना संक्रमण दर घट्ने क्रम जारी भारतमा कोरोना संक्रमण दर घट्ने क्रम जारी ३ हप्ता पहिले