तेह्र भूमिहीन भूकम्पपीडितलाई लालपुर्जा
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार २०:५:३७
३ जेठ,तनहुँ । तेह्र भूमिहीन भूकम्पपीडित लाजपुर्जाका मालिक बनेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइले भूमिहीन लाभग्राहीलाई आवास निर्माणका लागि जग्गा उपलब्ध गराएपछि लालपुर्जा पाएका हुन् । विगत लामो समयदेखि भूमिहीन लाभग्राहीले पुर्जा पाएपछि खुशी भएका छन् ।
प्राधिकरणले भूमिहीन तथा जोखिमयुक्त बस्तीबाट सुरक्षित हुन चाहने भूकम्पपीडितलाई घडेरी खरीद गर्न रु दुई लाख उपलब्ध गराउने प्रावधानअनुरुप उपलब्ध गराएको थियो । लालपुर्जा खरीद गर्न रकम पाउने प्रावधानअनुसार जग्गा खरीद गरेर १३ जनालाई हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिए । तिवारीका अनुसार लालपुर्जा प्राप्त भइसकेपछि आवास अनुदानका लागि रु तीन लाख पाउनेछन् ।
प्राधिकरणबाट जग्गा खरीदका लागि थप रकम रु दुई लाख लिएका लाभग्राहीले १० वर्षसम्म जमीन तथा घरलाई बिक्री गर्न नपाउने व्यवस्था रहेको सो कार्यालयले जनाएको छ । आफ्नो नाउँमा लालपुर्जा लिने सपना पूरा भएकामा निकै खुशी लागेको बन्दीपुर गाउँपालिका–६ धरमपानी निवासी आइतमाया भुजेल र दलमाया भुजेलले जानकारी दिइन् ।
त्यसैगरी जिल्लामा जोखिम वर्गका ५८ लाभग्राहीलाई थप रु ५० हजार प्रदान गरिने भएको छ । भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधिअनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई जोखिम वर्गका लाभग्राहीका रुपमा लिने गरिएको छ ।
जोखिम वर्गका रुपमा ५८ जना छनोट गरिएका र थप १५ जनाको सूचीकृत हुने क्रममा रहेको एकाइका कार्यालय प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए । जोखिम वर्गकाले आवास अनुदानका लागि रु तीन लाखका अतिरिक्त थप रु ५० हजार गरी कूल रु तीन लाख ५० हजार अनुदान पाउने व्यवस्था रहेको गुप्ताले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार