आइतबार , असार ६, २०७८

घरमा आगलागी हुँदा लाखौँको क्षति

घरमा आगलागी हुँदा लाखौँको क्षति

३ जेठ,दोलखा । बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गङ्गाबहादुर दाहालका घरमा आगलागी भएको छ । आज बिहान करीब ११ः३० बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ ।

स्थानीयवासी, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्शनको पानी ट्याङ्कीसमेतको प्रयासमा आगलागी नियन्त्रण भए पनि घरभित्रबाट कुनै सामग्री निकाल्न नसकिएको स्थानीयवासी सुजन दाहालले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

भूकम्पले क्षति भएपछि निर्माण भएको उक्त घरमा दाहाल परिवारको बसोबास थियो । आगलागीबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, रुपैयाँपैसासमेत जलेर नष्ट भएको छ । विद्युतीय सर्किटबाट आगलागी भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ ।

कुनै मानवीय क्षति नभए पनि घरबासविहीन भएका अवस्थामा तत्कालै बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकार र सहयोगी संस्थालगायत सहयोगी निकायमा अनुरोध गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । अहिले घटनास्थलमा प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ओली फेरी एक कदम पछाडि हट्ने ओली फेरी एक कदम पछाडि हट्ने ३ दिन पहिले
पर्सामा ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप पर्सामा ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप ६ दिन पहिले
बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान २ दिन पहिले
इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) ५ दिन पहिले
एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशको सहभागिता एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशको सहभागिता २१ घण्टा पहिले
नेप्सेमा सिर्जना फाइनान्सको १३ दशमलव ५९ प्रतिशत बोनस शेयर सूचीकृत नेप्सेमा सिर्जना फाइनान्सको १३ दशमलव ५९ प्रतिशत बोनस शेयर सूचीकृत ३ दिन पहिले
विभिन्न देशबाट प्राप्त स्वास्थ्य सामग्री युनियनको प्रतिनिधिद्वारा हस्तातरण विभिन्न देशबाट प्राप्त स्वास्थ्य सामग्री युनियनको प्रतिनिधिद्वारा हस्तातरण २ दिन पहिले
गोरखामा पुनः सात दिन निषेधाज्ञा थप गोरखामा पुनः सात दिन निषेधाज्ञा थप २ दिन पहिले