आइतबार , असार ६, २०७८

आर्यघाटमा अबोध नागरिकको लाश गन्हाई रहेको छ !!

आर्यघाटमा अबोध नागरिकको लाश गन्हाई रहेको छ !!

कविता

सरकार हराएको देशमा
मानवता बसाई सरेको छ ।
जावो अक्सिजनको एउटा
सिलिन्डर नपाएर आज पनि
एउटा होनहार ब्यक्ति आफ्ना आफन्तकै अगाडि
अकालमै मर्नु परेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नागरिकको समस्या र दु:ख बुझ्ने
जनताको सरकार यो देशमा कहिल्यै बनेन
नागरिकलाई बचाउन अस्पताल त के
एउटा सानो राष्ट्रिय सहमति पनि त
यो देशमा कहिल्यै बनेन ।
नागरिकको लाशको गन्ति गर्न
देशको ढुकुटी रित्याउँदै बसेका
अनगिन्ती जुकाहरुका अगाडि
भविष्यको एक होनहार नक्षत्र ढल्दा समेत
यो देशको सरकारलाई कुनै अप्ठ्यारो परेन ।

आज बालुवाटार र शितलनिवासमा रमिता छ ।
हाँसो खुसि र पचाउनै नसकिने रत्यौलिको तमासा छ ।
यता नागरिकहरुमा जिवन मृत्युसँग
पौठेजोरी खेल्दै कालको मुखबाट चित्कार गरिरहेका छन्
सरकार बाँच्न पाउने अधिकार के तिम्रो मात्रै हो ??
तिमिलाई देश लुटन लाईसेन्स प्रदान गर्ने नागरिक बचाउने काम
के तिम्रो जिम्मेवारी भित्र पर्दैन ??

के तिम्रो परिवारभित्र चाँहि
कहिल्यै महामारी पस्दैन ??
के तिम्रा अपराधि सोच मात्रै रहेको
कालो हृदय भित्र नागरिकको आर्तनाद बस्दैन ??
निभिरहेको दीयोमा अलिकति बर्तन थप्न नसक्नेले
दीयो बाल्ने हिम्मत नै गर्नु हुदैन ।
तिम्रा फोश्रा भाषण र अपत्यारिला आश्वासनले
अब नेपाली नागरिकको मृत्युमा स्वास भर्दैन ।
मिल्क्याउनै नसकिने क्यान्सरको जरा फैलिएझै
बनमाराले बबुरो पिपलको बिरुवा नराम्रोसँग बेरिएझै
बोलाई र गराईमा छेपाराले रङ्ग फेरेझै
अपत्यारिलो रङ्ग फेरिएझै

मेरो देशको सरकार
जनताद्वारा तिरस्कृत, विदेशी प्रभुका लागि परिस्कृत,
निरर्थक उपलब्धिको आँकडामा
आफ्नै देशका नागरिकहरुको
लाशको संख्या गनिरहेछ ।
अझै लाज पचाएर
चौरास्तामा उभिएर देशमा अक्सिजन र बेडको
कुनै कमि छैन भनेर बहुलट्ठिपनमा भनिरहेछ ।

हामि बालुवाटार र शितल निवासको
चौघेरामा सुरक्षित छौं ।
यो पर्दैन, त्यो अनिवार्य पर्छ
यसो गर्दा प्रभूको हात सधै हाम्रो शिरमा पर्छ भनेर
लाजले नग्नता छोप्दै आफ्नो पराजित मानसिकतामा
लाचार बिजयी उत्सव बनाई रहेको छ ।

महामहिमहरुका सार्वजनिक हि हि र हा हा ले मुर्धन्य राजनीतिज्ञहरुकाे समेत हाेश हवास उडाई रहेकाे छ ।
नागरिकलाई मृत्युको मुख तर्फ थकेलेर,
आफ्नो बिजय उत्सव मनाई रहेको छ ।
बबुरो नागरिक अस्पतालमा सामान्य उपचार समेत नपाएर अकालमै मर्नु परिरहेकाे छ ।
आज पनि हिजोको निरन्तरता झै बनेर
अझै पनि अक्सिजन पाए बाँच्ने थिए भनेर
आफन्तका अनुहार समेत हेर्न नपाई
आफ्नो परम्परा र सँस्कार समेत नपाई
अनुहार छोपेका अपरिचितहरुको उपस्थितिमा
आफुले आफैलाई जलाइ रहेको छ ।
नपत्याए हेर्नुस् नजिकै आर्यघाटमा आज पनि
एउटा अबोध नागरिकको जिउँदो लाश
गन्हाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कविता: सन्तुलन कविता: सन्तुलन ११ घण्टा पहिले
कविता: मेच नछोड्नुस् कविता: मेच नछोड्नुस् ३ दिन पहिले
आमाका कविता आमाका कविता १ हप्ता पहिले
कविता : लय कविता : लय २ हप्ता पहिले
कविता : विकास कविता : विकास २ हप्ता पहिले
कविता: हाहाकार कविता: हाहाकार २ हप्ता पहिले

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

करेन्ट लागेर ट्युबवेल मिस्त्रीको मृत्यु करेन्ट लागेर ट्युबवेल मिस्त्रीको मृत्यु ९ घण्टा पहिले
निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा सरर निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा सरर २१ घण्टा पहिले
आजदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै एनआईसी एशिया बैंक आजदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै एनआईसी एशिया बैंक १२ घण्टा पहिले
रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? ४ घण्टा पहिले
चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए २ घण्टा पहिले
नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा २ घण्टा पहिले
धानखेत गोरूको सहायताले हिल्याउँदै किसान धानखेत गोरूको सहायताले हिल्याउँदै किसान ७ घण्टा पहिले
राहत सामग्री पुर्‍याउने होड : दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित ! राहत सामग्री पुर्‍याउने होड : दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित ! १० घण्टा पहिले