आइतबार , असार ६, २०७८

दश कम्पनीको सर्किट लेभलमा कारोबार

दश कम्पनीको सर्किट लेभलमा कारोबार

३ जेठ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा दश कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । यस दिन रु रु जलविद्युतको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, समता घरेलु लघुवित्त, राधी विद्युत, बरुण हाइड्रोपावर, नेपाल फाइनान्स, गुराँश लघुवित्त, प्रोग्रेसिप फाइनान्स, खानिखोला, पञ्चकन्या हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक र रिडि हाइड्रोपावरको शेयर सर्किट लेबलमा कारोबार भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस दिन रु रु जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, समता घरेलु लघुवित्त, राधी विद्युत, बरुण हाइड्रोपावर, नेपाल फाइनान्स, गुराँश लघुवित्त, प्रोग्रेसिप फाइनान्स, खानिखोला, पञ्चकन्या हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक र रिडि हाइड्रोपावरको शेयर ९ प्रतिशत बढिले वृद्धि भएको हो ।

यस दिन रु रु जलविद्युत कम्पनीको प्रतिकित्ता शेयरमूल्य ९ सय ६८ रुपैयाँ पुगेको छ । त्यस्तै, समता घरेलु लघुवित्तको शेयरमूल्य १४१० रुपैयाँ, राधी विद्युतको ७७४, बरुण हाइड्रोपावरको ३५६, नेपाल फाइनान्सको ३६१, गुराँश लघुवित्तको २०११, प्रोग्रेसिप फाइनान्सको २४४, खानिखोलाको २०६, पञ्चकन्या हाइड्रोपावर २५९, कर्पोरेट डेभलपमेन्ट बैंक ७४२ रुपैयाँ र रिडि हाइड्रोपावरको प्रतिकित्ता शेयरमूल्य ३६१ रुपैयाँ पुगेको छ ।

top g

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय