आइतबार , असार ६, २०७८

प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन

प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन

३ जेठ,वाग्मती । वाग्मती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको आज उद्घाटन सम्पन्न गरिएको छ ।

गत आर्थिक वर्षबाट निर्माण शुरु भई वैशाख मसान्तसम्म निर्माण सम्पन्न भएका काठमाडौँको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको ९ र १० जोड्ने सुकेधारा धोवीखोला पुल, भक्तपुरको मजुवा खोलापुल, महादेव खोलामा निर्माण भएका दुई पुल, चितवनको दाद्रेनी खोला पुल, भवानीपुर खोला पुल, धादिङको पलङ्खु खोला पुल ढुङ्गे खहरे कल्भर्ट पुल, सिन्धुपाल्चोकको मेलम्ची पुल र याम्बालिङ खोलाको झोलुङ्गे पुलको आज मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

भिडियो कन्फरेन्समार्फत संयुक्त उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार निरन्तर काममा रहेको बताए । उनले यसअघि ३२ पुलको उद्घाटन भइसकेको जनाउँदै केही महिनाभित्र अन्य ठूला पुलको निर्माण सम्पन्न हुने जानकारी दिए । पौडेलले विगतमा विकट भनिएका ठाउँमा बाटो र पुल बनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिए ।

“हामी विकास निर्माणका काममा तल्लीन छौँ, तर अहिले महामारीका कारण हामीले हाम्रो सारा शक्ति कोभिडको महामारीलाई नियन्त्रण गर्नेतर्फ लगाएका छौँ”, पौडेलले भने । महामारी नियन्त्रणमा आएपछि फेरि विकास निर्माणको कामलाई तीव्रता दिने उनको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्दै भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताए । “राजनेता प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र विकासप्रेमी नेता डोरमणि पौडेलको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ”, उनले भने ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मुकुन्द पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बराल लगायतको सहभागिता थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

किसानलाई चैतेधान भित्र्याउन चटारो किसानलाई चैतेधान भित्र्याउन चटारो ८ घण्टा पहिले
इरानको नयाँ राष्ट्रपतिमा ६२ प्रतिशत मत ल्याएर इब्राहिम निर्वाचित इरानको नयाँ राष्ट्रपतिमा ६२ प्रतिशत मत ल्याएर इब्राहिम निर्वाचित ९ घण्टा पहिले
निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा सरर निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा सरर २० घण्टा पहिले
हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थाल्याे ! हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थाल्याे ! ११ घण्टा पहिले
दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा ८ घण्टा पहिले
कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी २३ घण्टा पहिले
सप्तरीमा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या सप्तरीमा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या २२ घण्टा पहिले
कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय ७ घण्टा पहिले
सभामुखले बोलाए दलका प्रमुख र पूर्वप्रधानमन्त्रीको बैठक सभामुखले बोलाए दलका प्रमुख र पूर्वप्रधानमन्त्रीको बैठक २ हप्ता पहिले
शिखर इन्स्योरेन्सको हकप्रद निष्कासनको लागि एनआईएिबल एस क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त शिखर इन्स्योरेन्सको हकप्रद निष्कासनको लागि एनआईएिबल एस क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त ३ हप्ता पहिले
कांग्रेसको थप क्रियाशील सदस्यताको विवरण प्रकाशित कांग्रेसको थप क्रियाशील सदस्यताको विवरण प्रकाशित ३ हप्ता पहिले
राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाउन सभामुखको आग्रह राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाउन सभामुखको आग्रह १ हप्ता पहिले
भक्तपुरका खाद्यान्न स्टोरमा म्याद गुज्रेको सामान फेला भक्तपुरका खाद्यान्न स्टोरमा म्याद गुज्रेको सामान फेला ६ दिन पहिले
समय नपुग्दै ब्याडमै फुल्यो काउली,किसान चिन्तित समय नपुग्दै ब्याडमै फुल्यो काउली,किसान चिन्तित १ हप्ता पहिले
इतिहासकै उच्च विन्दुमा नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा नारायणी नदीको सतह ४ दिन पहिले
सामाजिक अभियन्ता ज्ञानबहादुर शाहीको टिममाथि सुर्खेतमा आक्रमण ! सामाजिक अभियन्ता ज्ञानबहादुर शाहीको टिममाथि सुर्खेतमा आक्रमण ! १ हप्ता पहिले