आइतबार , असार ६, २०७८

आज साँझ मन्त्रिपरिषद बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुने

आज साँझ मन्त्रिपरिषद बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुने

३ जेठ, काठमाडौं । आज साँझ मन्त्रिपरिषद बैठक बस्ने भएको छ । मन्त्रिपरिषदकाे नियमित बैठक साँझ ५ बजे बस्न लागेकाे हाे । आजकाे बैठक नियमित भए पनि केही महत्त्वपूर्ण निर्णय हुन सक्ने बताइएकाे छ ।

सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचार भइरहेको प्रयास लगायत स्वास्थ्य सामग्री, औषधी, खोप लगायत खरिदमा देखिएको कानुनी समस्या समाधान गर्न अध्यादेश ल्याउने सम्भावना रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रधानमन्त्री केपी ओलीले केही दिनअघि जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेका थिए । छलफलमा आएका सुझावलाई समेत ध्यानमा राखेर मन्त्रिपरिषद बैठकले केही निर्णय गर्न सक्ने बुझिएको छ।

बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई अति शक्तिशाली र विशेष अधिकार दिने गरि अध्यादेश ल्याउने भएको छ । नेपालमा कोरोना जोखिम बढ्दै जाँदा र अस्पतालहरुमा अभाव र तनाव बढ्दै गर्दा सीसीएमसीलाई शक्तिशाली बनाउने गरि अध्यायदेश जारी गर्ने तयारी गरेको हो ।

स्वास्थ्य सामग्री खरिदमा लाग्ने समय र ल्याउने देश तथा निषेधाज्ञा लगायतका कानुनी व्यवस्थामा परिमार्जन गरेर अध्यादेश ल्याउन लागिएको बताइएको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकमा कानुनी अभाव र अड्चनका कारण कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या आएको कुरा उठेको थियो । कोभिडसम्बन्धि कानुन संशोधन गर्नका लागि ‘फास्ट ट्रयाक’ बाट भए पनि अध्यादेश ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बजेटमा मतदातालाई प्रभाव पर्ने कार्यक्रम नराख्न सरकारलाई पूर्व निर्वाचन आयुक्तहरुको आग्रह बजेटमा मतदातालाई प्रभाव पर्ने कार्यक्रम नराख्न सरकारलाई पूर्व निर्वाचन आयुक्तहरुको आग्रह ३ हप्ता पहिले
गण्डकीमा ३० अर्ब तीन करोड ९४ लाखको बजेट [ पूर्णपाठ ] गण्डकीमा ३० अर्ब तीन करोड ९४ लाखको बजेट [ पूर्णपाठ ] ५ दिन पहिले
कांग्रेस वीपीले गणतन्त्र दिवसलाई कालो दिनको रूपमा मनाउने कांग्रेस वीपीले गणतन्त्र दिवसलाई कालो दिनको रूपमा मनाउने ३ हप्ता पहिले
निवृत्त कर्मचारीलाई निषेधाज्ञामा पेन्सन लिन सकस निवृत्त कर्मचारीलाई निषेधाज्ञामा पेन्सन लिन सकस १ हप्ता पहिले
उदयपुरमा एटिएम फुटाउने युवक पक्राउ उदयपुरमा एटिएम फुटाउने युवक पक्राउ २ हप्ता पहिले
फरवार्ड लघुवित्तको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा आउँदै फरवार्ड लघुवित्तको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा आउँदै १ हप्ता पहिले
कुवेतमा पुग्याे विश्वकप छनोट खेल खेल्न नेपाली टोली कुवेतमा पुग्याे विश्वकप छनोट खेल खेल्न नेपाली टोली ३ हप्ता पहिले
ग्राण्डीमा एकैपटक ९६ जनाको परीक्षण गर्न मिल्ने पीसीआर ल्याब ग्राण्डीमा एकैपटक ९६ जनाको परीक्षण गर्न मिल्ने पीसीआर ल्याब ३ हप्ता पहिले