भारतमा चक्रवातका कारण तीव्र गतिको हावासहित भारी वर्षा
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार २२:३८:६
३ जेठ, एजेन्सी । भारतका विभिन्न राज्यमा चक्रवातका कारण हावाहुरीसहित भारी वर्षा भैइरहेको छ । भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार महाराष्ट्र, गुजरात, केरला, कर्नाटक र गोवालगायत राज्यमा देखिएको छ । प्रभावित क्षेत्रमा तीव्र गतिको हावासहित भारी वर्षा पनि भइरहेको छ ।
भारतीय मौसम विभागले चक्रवातको कारण तटीय क्षेत्रमा ठूलो असर पुग्न सक्ने भन्दै अलर्ट जारी गरेको छ । भारतीय गृहमन्त्री अमित शाहले प्रभावित राज्यमा उद्धारको लागि भइरहेको तयारीको समीक्षा गरेका छन् । उनले अस्पतालमा कोरोना भाइरस ‘कोभिड–१९’ का संक्रमितलाई ध्यानमा राख्दै बिजुली र मेडिकल अक्सिजनजस्ता अत्यावश्यक कुराहरु सञ्चित गरेर राख्न निर्देशन दिएका छन् ।
समाचारहरुमा बताइएअनुसार भारतको तल्लो तटीय क्षेत्रमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवातको कारण भारतको गुजरातमा कोरोनाविरुद्धको खोप अभियान पनि स्थगित भएको छ । केन्द्र सरकारको निर्देशनमा दुई दिनको लागि गुजरातमा कोरोना खोप कार्यक्रम स्थगित गरिएको हो ।
भारतको महाराष्ट्रस्थित मुम्बईमा पनि आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाको कारण मुम्बईको एयरपोर्ट र लिंक ब्रिज पनि बन्द गरिएको छ । यसैबीच भारतको जलसेनालाई उद्धार कार्यमा खटाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार