आइतबार , असार ६, २०७८

ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु

ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु

३ जेठ, काठमाडौं । ज्यानमारा कोरोना भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा गुल्मी र रुपन्देहीमा ११ जनाको मृत्यु भएको सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालले सोमबार विहान जारी गरेको सूचनामा सोही अस्पतालमा ४ जनाको मृत्यु भएको छ । त्यस्तै गुल्मीमा पनि आज ७ जनाको मृत्यु भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

 पछिल्लो १२ घण्टामा मृत्यु हुने २८ वर्षदेखि ८० वर्ष उमेर सम्मका पुरुष हुन् । जिल्लाको सत्यवती गाउँपालिका–५ का ६५ वर्षीय पुरुषको बुटवलको धागो कारखानाको आईसोलेशन अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै इस्मा गाउँपालिका ४ का ४५ बर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । सोही गाउँपालिका ६ अमरपुरका २८ वर्षीय युवकको चितवन मेडिकल कलेजमा ज्यान गएको छ ।

उता, छत्रकोट गाउँपालिका ६ का ३७ वर्षीय युवकको गुल्मीकै श्रृङ्गा प्राथमिक उपचार केन्द्रमा ज्यान गएको छ । चन्द्रकोट ४ का ४८ वर्षीय पुरुषको शान्तिपुरकै स्वास्थ्य चौकीमा रहेको आइसोलेशनमा मृत्यु भएको छ ।

त्यस्तै गुल्मीदरबार ७ का ८० वर्षीय बृद्धको जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको छ । त्यस्तै तम्घासको रेसुङ्गा अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । वैशाख ३० गतेदेखि अस्पतालमा उपचार गराइरहेका रुरुक्षेत्र गाउँपालिका २ का ७३ वर्षीय पुरुषको आइतबार दिउँसो २ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो ।

योसहित गुल्मीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । सोमबार १०४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १२९० पुगेको छ ।

उता, लुम्बिनी प्रादेशिक अस्पतालले जारी गरेको सूचनाअनुसार रुपन्देहीको सैनामैना १ का ३८ वर्षीय पुरुषको बिहान ६।३० बजे मृत्यु भएको छ भने सिद्धार्थनगर नगरपालिका १३ का ६५ की वर्षीय महिलाको पनि ज्यान गएको छ ।

त्यस्तै सैनामैना १ की ७७ वर्षीय महिलाको पनि संक्रमणका कारण मृत्यु भएको छ भने बुटवल १३ का ५६ वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय