ट्राफिक व्यवस्थापनका लागि विभिन्न उपकरण तथा सामग्री हस्तान्तरण
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार २३:५३:४५
३ जेठ, मकवानपुर । मकवानपुर जिल्लाको ट्राफिक व्यवस्थापनका लागि करिब ५ लाख रुपैयाँ बराबरका विभिन्न उपकरण तथा सामग्रीहरु हस्तान्तरण भएको छ । प्रदेश सरकार भौतिक पुर्वाधार, विकास मन्त्रालय मार्फत यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका कार्यालय प्रमुखले बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुखलाई संयुक्त रुपमा सोमबार उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका उपकरण तथा सामग्रीहरुमा २ थान Breath Analyzer with printer, १० थान म्याजिक लाईट, १० थान व्हील लकर, ३८ थान फ्लोरोसेन्ट ज्याकेट, १ थान Checking Board with Wheel (Metal), , १ थान Body Worn Camera,, २० थान पीभिसी कोन गरी विभिन्न ८ प्रकारका ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण सम्बन्धी उपकरणहरु तथा अन्य सामग्रीहरु रहेका छन् ।
बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लामा बढ्दो जनघनत्व, प्रमुख सवारी मार्गहरु तथा हेटौंडा बागमती प्रदेश राजधानी समेत भएको हुँदा ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न किसिमका उपकरणहरु उपलब्ध गराउनका निमित्त सम्बन्धित प्रदेश मन्त्रालयहरु लगायत विभिन्न सरोकारवाला निकायहरुसँग नियमित समन्वय र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार