बैंक अफ काठमाण्डूसहित १२ कम्पनीको उच्च शेयर माग, कुनको कति ?
नेपालबहस संवाददाता
जेठ ३, २०७८ मंगलबार ०:१४:३६
३ जेठ, काठमाडौं । सोमबार शेयरबजारमा तीन वाणिज्य बैंक सहित १२ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन बैंक अफ काठमाण्डू, मेगा बैंक र नेपाल बंगलादेश बैंकसहित अन्य ९ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।
यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण भ्याली हाइड्रो, युनाइटेड मोदी हाइड्रो, समता घरेलु लघुवित्त, हाइड्रो इलेक्टोसीटी, राधी जलविद्युत, हिमाल दोलखा, अपि पावर र मुक्तिनाथ विकास बैंकको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।
अरुण भ्याली हाइड्रोको
यस दिन सबैभन्दा बढि अरुण भ्याली हाइड्रोको शेयरमा उच्च खरिद माग आएको छ । यस दिन कम्पनीको शेयरमा २० लाख ५७ हजार कित्ता शेयर खरिद माग रहेको छ ।
कम्पनीको शेयरमा २० लाख ५७ हजार कित्ता शेयर खरिद माग आउदा ५७ हजार कित्ता बिक्री आदेश रहेकोे छ । यस दिन कम्पनीको शेयर ५ प्रतिशतले वृद्धी भई प्रतिकित्ता शेयरमूल्य ३ सय २९ रुपैयाँ पुगेको छ । कम्पनीले हाल ैहकप्रद निष्कासन गरेको हो । जसले गर्दा यतिबेला कम्पनीको शेयरमा खरिदकर्ता धेरै छन् ।
राधी विद्युत कम्पनी
यस दिन लगानीकर्ता राधी विद्युत कम्पनीको शेयरमा झुम्मिएका छन् । कम्पनीको शेयरमा ११ लाख ७२ हजार कित्ता शेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका हुन् । कम्पनीको शेयरमा ११ लाख ७२ हजार कित्ता शेयर माग आउँदा बिक्री आदेश शून्य रहेको छ ।
आज कम्पनीको शेयर ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ७७४ रुपैयाँ पुगेको छ । आज कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ३६.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले राम्रो लाभांश घोषणा गरेसंगै कम्पनीको शेयर खरिद गर्न लगानीकर्ताको भिड लागेको हो ।
मेगा बैंक
मेगा बैंकको शेयरमा खरिद माग उच्च रहेको छ । बैंकको शेयरमा ८ लाख ७६ हजार कित्ता खरिद माग रहेको छ ।
हालै मेगा बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरणका अनुसार बैंकले चालु आवको ९ महिनामा ३५.९५ प्रतिशतले मुनाफा बढाएको हो ।
गत आवको सोही अवधिमा १ अर्ब ४५ करोड १० लाख ९० हजार रुपैयाँ मुनाफा गरेकोमा बैंकले चालु आवको सोही अवधिमा मुनाफा बढाएर १ अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकको शेयरमा खरिद माग उच्च रहेको छ । बैंकको शेयरमा ८ लाख ५० हजार कित्ता खरिद माग रहेको छ ।
बैंकको शेयरमा १० लाख ४५ हजार कित्ता खरिद माग आउँदा १ लाख ३२ हजार कित्ता बिक्री आदेश रहेको छ । यस दिनसम्म बैंकको शेयरमूल्य ३८८ रुपैयाँ पुगेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
यस दिन बजार बन्द हुने समयमा सबैभन्दा बढि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा उच्च खरिद माग देखिएको हो । बैंकको शेयरमा ५ लाख ६३ हजार कित्ता खरिद माग रहेको छ ।
बैंकको शेयरमा ५ लाख ६३ हजार कित्ता खरिद माग आउँदा १ लाख २९ हजार कित्ता बिक्री आदेश रहेको छ । यस दिनसम्म बैंकको शेयरमूल्य ५५१ रुपैयाँ पुगेको छ ।
चार महिना अगाडि बैंकले अहिलेसम्मकै ठूलो संख्याको आईपीओ निष्कासन गरेको थियो । आईपीओ बिक्री पश्चात कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको गरी कुल २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ११३ दशमलव ६२ देखि ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकेको थियो । सूरुवाती केही दिनहरुमा सर्किट लाग्दै सात बढि शेयरमूल्य पुगेको बैंकको शेयरमूल्य घटेर यतिबेला ५ सय ३७ रुपैयाँ रहेको छ ।
यस दिन हिमाल दोलखा हाइड्रोको शेयरमा ४ लाख १९ हजार कित्ता शेयर खरिद माग रहेको छ । त्यस्तै, युनाइटेड मोदी हाइड्रोको शेयरमा ६ लाख १७ हजार कित्ता,समता लघुवित्तको शेयरमाको शेयरमा ३ लाख ५० हजार, बैंक अफ काठमाण्डूको शेयरमा ३ लाख ४ हजार र अपी पावर कम्पनीको को शेयरमा ३ लाख १९ हजार कित्ता खरिद माग रहेको छ ।
कुन कम्पनीको शेयर कति माग
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार