सरकारले धुलिखेल अस्पताललाई छ करोड असी लाख दिने
नेपालबहस संवाददाता
जेठ ३, २०७८ मंगलबार ०:२९:२७
३ जेठ,काभ्रेपलाञ्चोक । सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड–महामारी ब्यवस्थापनका लागि रु छ करोड असी लाख प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयद्वारा ‘स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमति’अन्तर्गत उक्त अस्पताललाई महामारी ब्यवस्थापनार्थ सो रकम दिने घोषणा गरिएको हो ।
धुलिखेलसँगै मुलुकका अन्य २५ अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लाण्ट र अक्सिजन ट्याङ्क निर्माणका लागि करिव रु तीन अर्ब बजेट बिनायोजन गरिएको छ । मन्त्रालयले बिनियोजित बनेको सीमाभित्र रहेर खरीद प्रक्रिया अघि बढाउन सहमति दिने र दायित्व सिर्जना भएपछि रकम मागगर्ने जनाउँदै आइतबार ती अस्पताललाई रु दुई अर्ब ९५ करोड २० लाख बजेट विनियोजन गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त अस्पताललाई कोरोना–बिरामीको उपचारार्थ क्षमता बढाउन अनुदान दिएको जनाइएको छ । घोषित बजेटअनुसार धुलिखेल अस्पतालले दश आईसीयू, पाँच भेन्टिलेटर र एक अक्सिजन ट्याङ्क निर्माण गर्नुपर्नेछ । “सरकारको सहयोगपछि कोरोनाका विरामीलाई अक्सिजनसहित थप उपचार गर्न सहयोग पुग्छ” अस्पतालका मुटुरोग विशेषज्ञ प्राडाराजेन्द्र कोजूले भने । उनका अनुसार अस्पतालमा एचडीयू, आइसियू र सामान्य गरी १२५ श्यया कोरोना सङ्क्रमितको उपचारार्थ प्रयोग गरिएको छ ।
सो अस्पतालले काभ्रेपलगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, सिन्धुली तथा पूर्वी तराईको क्षेत्रकालाईसमेत सेवा पु¥याउँदै आएको छ । “जिल्लालगायत मध्यपहाडी क्षेत्रका नागरिकसमेतलाई सेवा दिने भएकाले धुलिखेल अस्पताललाई अन्य अस्पताललाई झैं कोरोना महामारी ब्यवस्थापन गर्न अनुदान दिलाइएको हो, सकेसम्म छिटो उक्त बजेट निकास गर्न प्रक्रियागत ताकेता भइरहेको छ” सांसद गोकुलप्रसाद बाँस्कोटाले भने । उनका अनुसार अस्पतालमा सकेसम्म छिटो अक्सिजनको ब्यवस्थापन गर्न सकिए कोरोना–विरामीलाई ठूलो राहत मिल्नेछ ।
धुलिखेलबाहेक बनेपामा शिरमोरियल अस्पताल छ । आइतबारदेखि बनेपामै २५ श्ययाको ‘भोमी कोभिड डेडिकेडेट अस्पताल’ सञ्चालनमा ल्याइएको छ । काभ्रेपलाञ्चोकमा जिल्ला अस्पताल छैन । नमोबुद्ध नगरको भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नतीको प्रक्रियामा रहेको छ । काभ्रेपमा पछिल्ला दिनमा दैनिक सङ्क्रमणदर डेढसय नाघेको छ भने सरदर दुईको मृत्यु हुनेगरेको तथ्याङ्कले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार