आइतबार , असार ६, २०७८

कोरोना भाइरसविरुद्ध लड्न सन्दीपले ३ लाख सहयोग गरे

कोरोना भाइरसविरुद्ध लड्न सन्दीपले ३ लाख सहयोग गरे

३ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाइरसविरुद्ध लड्न ३ लाख सहयोग गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सोमबार कोरोनाविरुद्ध लड्न ‘टिम सन्दिप लामिछाने’ अभियानको घोषणा गर्दै उक्त सहयोग गरेका हुन् ।

सन्दीपले गत वर्षपनि कोरोना राहत कोषमा १ लाख सहयोग गरेका थिए । सन्दीपले ‘टिम सन्दिप लामिछाने’ अभियानबाट आर्थिक संकलन गर्नेछन् । उक्त अभियानबाट उठेको रकम स्थानीय निकाय, प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र, स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सन्दीपले आर्थिक सहयोग संकलनका लागि बैंक खाता समेत खोलेका छन् । सन्दीपले अभियानको आरम्भ गर्दै उक्त खातामा ३ लाख जम्मा गरेको समेत जनाएका छन् । सन्दीपको अभियानमा जोडिन तलको बैंकमा आर्थिक सहयोग जम्मा गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय