आइतबार , असार ६, २०७८

लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी

लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी

४ जेठ , महेन्द्रनगर । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ । गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारीसाधनलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

“लकडाउन उल्लङ्घन गर्नेदेखि सरकारले स्वास्थ्य सतर्कता अपनाउन तोकिएको मापदण्डविपरीत गर्ने दुग्ध उद्योगदेखि विवाहका जन्तीसम्मलाई कारवाही गरिएको छ”, प्रवक्ता थापाले भने, “लकडाउन पालना गर्न जिल्लाभर प्रहरी सक्रियरूपमा लागिपरेको छ ।” उनले महेन्द्रनगरमा दुग्ध उद्योगमा मदिरा बिक्री गरिरहेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिनुका साथै स्वास्थ्य सुरक्षा सतर्कता नपनाएको भन्दै यहाँस्थित बिबीमार्टका दुई जनालाई कारवाही गरिएको बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

“मार्टका दुई जनालाई सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत प्रमुख जिल्ला अधिकारीले रु ६०० का दरले जरिवाना गरे”, थापाले भने, “लकडाउन पालना नगर्ने पैदलयात्रीलाई होल्डमा राख्ने अभियान नै चलेको छ ।” उनले कोरोनाको दोस्रो लहर शुरु हुनु अघिदेखि नै यहाँ प्रहरीले मास्कलगायतका स्वास्थ्य सुरक्षामा ध्यान नदिने व्यक्तिलाई जरिवाना गर्दै आएको जानकारी दिए । कञ्चनपुर प्रहरी यहाँको गड्डाचौकी नाकाबाट गौरीफन्टा नाकाको डोकेबजारसम्म भारतबाट स्वदेश फर्किने नेपालीलाई गन्तव्यमा पठाउन र स्वास्थ्य परीक्षण गराउन आवश्यक व्यवस्थापनलगायतका काममा खटिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सुनको मूल्य आज बढ्याे, चाँदी भने स्थिर सुनको मूल्य आज बढ्याे, चाँदी भने स्थिर ३ हप्ता पहिले
जोखिम बढेपछि उपत्यकामा थप कडाइ, शुक्रबारदेखि खाद्यान्न पसल बन्द हुने जोखिम बढेपछि उपत्यकामा थप कडाइ, शुक्रबारदेखि खाद्यान्न पसल बन्द हुने ४ हप्ता पहिले
लुम्बिनीलाई विश्व शान्ति शहरका रूपमा विकास गर्नुपर्नेमा जोड लुम्बिनीलाई विश्व शान्ति शहरका रूपमा विकास गर्नुपर्नेमा जोड ४ हप्ता पहिले
केबहिलमा निर्माण गरिएको भ्यूटावर केबहिलमा निर्माण गरिएको भ्यूटावर ३ हप्ता पहिले
स्वास्थ्यलाई प्राथमिकता दिन जिल्ला सभापतिहरूको माग स्वास्थ्यलाई प्राथमिकता दिन जिल्ला सभापतिहरूको माग ५ दिन पहिले
राउटे युवतीमाथि यौन दुर्व्यवहार: भिडियो प्रसारण गर्ने साइट बन्द गर्न आदेश राउटे युवतीमाथि यौन दुर्व्यवहार: भिडियो प्रसारण गर्ने साइट बन्द गर्न आदेश १ हप्ता पहिले
जेठ २ मा फर्कन ओली तयार, नेपाल पक्ष पनि नयाँ रणनीतिमा जेठ २ मा फर्कन ओली तयार, नेपाल पक्ष पनि नयाँ रणनीतिमा ६ दिन पहिले
भर्खरै मुटुको अपरेशन गरेका युवा नेता शाही जोखिम मोलेर सामाजिक कार्यमा सक्रिय भर्खरै मुटुको अपरेशन गरेका युवा नेता शाही जोखिम मोलेर सामाजिक कार्यमा सक्रिय २ हप्ता पहिले