आइतबार , असार ६, २०७८

उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई !

उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई !

४ जेठ, काठमाडौं  । निर्वाचन आयोगले आउदो बिहिबारका लागि तय गरेको वागमती प्रदेश राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कोभिड संक्रमित मतदाताहरुका लागि छुटै मतदान केन्द्रको ब्यवस्था गर्ने भएको छ ।  राष्ट्रियसभा निर्वाचनमा प्रदेश र स्थानीय तहको मतभार फरक फरक रहेकाले यस अघि दुईबटा मात्र मतदान केन्द्र ‘क’ प्रदेश र ‘ख’ केन्द्र स्थानीय तहका प्रतिनिधिका लागि ब्यवस्थापन गरिदै आएकोमा यसपटक आयोगले संक्रमितका लागि केन्द्र ‘ग’ को ब्यवस्था गरेको हो ।

संक्रमितका लागि बनाइएको केन्द्र ‘ग’ खटिने कर्मचारी र सुरक्षाकर्मी लगायतले सबैले पीपीई लगाउने पर्ने ब्यवस्था गरिएको निर्वाचन आयोगका सह प्रवक्ता कोमल प्रसाद धमालाले बताए ।   यस्तै मतदानमा सहभागी हुने मतदाता र कर्मचारी शुरक्षा कर्मीहरुले सवैले कम्तिमा ७२ घण्टा भित्रको पिसिआर रिपोट समेत लैजानु पर्ने ब्यवस्था आयोगले गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उप  निर्वाचनका लागि हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदानस्थल तोकिएको छ। विहिबार विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण भएको छ । वागमती प्रदेशका १ सय ९ प्रदेशसभा र १ सय १९ स्थानीय तहका प्रमुख तथा उप प्रमुख मतदाता रहेका छन् ।

उपनिर्वाचनका लागि चुनावी मैदानमा भने दुवै उम्मेदवार एमालेकै तर्फबाट  रहेका छन् । जस मध्ये रामबहुर थापा ‘वादल एमालेको आधिकारीक उम्मेदवारको रुपमा र संघीयताविद खिमलाल देवकोटा स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी प्रतिश्प्रर्धामा रहेका छन् । उनलाई एमालेको माधव नेपालपक्षका अतिरिक्न नेपाली कांग्रेस र नेकपमा माओवादी केन्द्र लगायत विपक्षीदलहरुको समर्थन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय