नागरिक लगानी कोषले गर्यो ५९ करोड बढि मुनाफा, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १५:१४:२२
४ जेठ, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नागरिक लगानी कोषले ५९ करोड २० लाख ९ हजार मुनाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको मुनाफा यस वर्ष ५६ प्रतिशत वृद्धि भएको हो । गत वर्षको यस अवधिसम्म कम्पनीले ३७ करोड ९४ लाख यो नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको कुल आम्दानी ४० दशमलव ५६ प्रतिशत बढेकाले पनि मुनाफामा वृद्धि हुन सहयोग मिलेको देखिन्छ । गत वर्ष ७० करोड ८५ लाख कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ९९ करोड ५९ लाख २१ हजार यो आम्दानी गरेको हो । यस वर्ष कम्पनीको खर्च पनि करीब २ प्रतिशत मात्र बढी भएको छ ।
गत वर्ष २० करोड २६ लाख कुल खर्च गरेको कम्पनीले यस वर्ष २० करोड ६५ लाख ७५ हजार गरेको छ । हकप्रद शेयर र बोनस शेयरमार्फत १२३ प्रतिशत चुक्तापूँजी बढाएर ३ अर्ब पुर्याएको कम्पनीको शेयर प्रिमियम रकम १ अर्ब २६ करोड ४८ लाख ७८ हजार छ ।
कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ८३ प्रतिशत बढी १३ अर्ब २६ करोड ४० लाख ३४ हजार कायम भएको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा १४ प्रतिशत बढी लगानी गरेको छ ।
गत वर्ष १ खर्ब ४२ अर्ब २५ करोड ८ लाख लगानी गरेको कम्पनीले यस वर्ष १ खर्ब ६२ अर्ब ४२ करोड ९ लाख ८७ हजार लगानी गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २६ र प्रतिशेयर नेटवर्थ १५६ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
नेप्से दोहोरो अंकको गिरावट, दुई अर्बभन्दा बढीको कारोबार
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार