आइतबार , असार ६, २०७८

कोरोनाले सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु

कोरोनाले सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु

४ जेठ, सप्तरी । काेराेना भाइरसबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ। विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको वडा नम्बर ८ का वडाध्यक्ष केदार साहले जानकारी दिए।

चौधरीलाई यसअघि कोरोना संक्रमण भएको पुष्टि भएको थियो। सुरुमा ज्वरो र रुघाखोकीको लक्षण देखिएको र पछि स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल लगिएको थियो।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मंगलबार बिहान ४ बजेतिर उपमेयर चौधरीको मृत्युको भएको वडाध्यक्ष साहले बताए। उपमेयर चौधरीलाई अस्पताल भर्ना गरिएको १५ दिनभन्दा बढी भएको समेत साहको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय