पाँचथरमा जेठ १७ गतेसम्म निषेधाज्ञा
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १६:३:८
४ जेठ,पाँचथर । पाँचथरमा थप दुई साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । नयाँ भेरिएन्टको कोरोना संक्रमण जिल्लामा निकै तीव्ररूपमा फैलिँदै गएको भन्दै संक्रमणको ‘चेन ब्रेक’ गर्न संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार तथा मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रमुख जिल्ला अधिकारी ढकालले मध्यरात १२ बजेदेखि यही जेठ १७ गते मध्यरातसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेका हुन् । गत वैशाख २७ गते जारी भएको निषेधाज्ञाको समय गएराति सकिएको थियो ।
निषेधाज्ञाअनुसार सर्वसाधारणले अत्यावाश्यक काम तथा औषधि उपचारको प्रबन्धका लागि मात्रै घरबाहिर निस्कन पाउनेछन् । यस अवधिमा अन्य कुनै पनि भीडभाड हुने गतिविधि गर्न रोक लगाइएको छ । सरकारी कार्यालयलाई अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवा स्थगन गर्न निर्देशन दिइएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले सातामा तीन दिन मात्रै सेवा दिन पाउने भएका छन् । सहकारी तथा वित्तीय संस्थाले घरघरमा गई रकम सङ्लन गर्ने कार्यसमेत बन्द हुने भएको छ ।
व्यापार व्यवसायतर्फ फलफूल, दूध तथा दुग्धजन्य पदार्थ र सागसब्जी बिक्री गर्ने पसल सबै दिन बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछन् । खाद्यान्न, एलपी ग्यास, निर्माण सामग्रीलगायत बिक्री गर्ने पसल आइतबार, मङ्गलबार र शुक्रबार बिहान ५ बजेदेखि ९ बजेसम्म खुल्न पाउने भएका छन् । जिल्लामा हालसम्म १४५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये एक जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार