आइतबार , असार ६, २०७८

कर्णालीमा एक करोड राशीको पत्रकार कल्याण कोष

कर्णालीमा एक करोड राशीको पत्रकार कल्याण कोष

४ जेठ,कर्णाली । नेपाल पत्रकार महासंघ प्रदेश समितिले  एक करोड राशीको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ । महासंघको सोमबार जुममार्फत बसेको बैठकले कर्णालीका पत्रकारहरूको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो ।

महासंघ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराईले कोरोना भाइरसले कर्णालीका पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभाव र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा बैठक केन्द्रित भएको बताए । उनका अनुसार कोष स्थापनामा सहयोग गर्न सञ्चार उद्यमी, निजी क्षेत्र र तीनवटै तहका सरकारसँग सहयोगको अपिल गरिनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बैठकले कर्णालीका विभिन्न जिल्लाका पत्रकार दिनहुँ कोरोना संक्रमित हुने सङ्ख्या बढिरहेकामा चिन्ता व्यक्त गर्दै पत्रकारलाई कोरोनाविरुद्धको लडाइँमा ‘फ्रन्टलाइनर’ घोषित गरी उनीहरूको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्ध गर्न प्रदेश र संघ सरकारसँग माग गरेको छ ।

त्यस्तै कोरोना संक्रमण वा अन्य कुनै गम्भीर अवस्थाका बिरामी पत्रकारको आपतकालीन उद्धार तथा उपचारका लागि महासंघका तर्फबाट सहजीकरण गर्न कोषाध्यक्ष गणेशकञ्चन भारतीलाई सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आकस्मिक र अकल्पनीय बाढीले न रह्यो बास, न बच्यो गाँस ! आकस्मिक र अकल्पनीय बाढीले न रह्यो बास, न बच्यो गाँस ! ३ घण्टा पहिले
दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा ९ घण्टा पहिले
गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! २४ घण्टा पहिले
आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु २ घण्टा पहिले
कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त ४ घण्टा पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग ५ घण्टा पहिले
चीनमा एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने  चीनमा एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने  २० घण्टा पहिले
विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण २३ घण्टा पहिले