टोखालाई ३ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १६:२७:१४
४ जेठ,काठमाडौं । काठमाडौँको टोखा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा दैनिकरूपमा नयाँ भेरिएन्टसहित दोस्रो चरणको कोरोना संक्रमण तीव्रगतिमा बढिरहेको समयमा एनआइसी एशिया बैंकले तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको हो ।
सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि टोखा नगरपालिकालाई सहयोग गरेको जानकारी दिए ।
नगरपालिकाका प्रमुख अधिकारीले नगरपालिकालाई प्राप्त भएको उक्त मेसिन सोमबारै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । उक्त मेसिन सहयोगसँगै टोखामा अक्सिजन उत्पादनका लागि थोरै भए पनि सहयोग पुग्ने भएको छ । कोभिड–१९ महामारीलाई ध्यानमा राखेर नगरपालिकाले स्वास्थ्य सामग्री सङ्कलन र अक्सिजन प्लान्ट राख्ने कामलाई प्राथमिकता दिइरहेको छ ।
उक्त स्वास्थ्य केन्द्रका लागि केही दिन पहिले सेभ द चिल्डेन संस्थाले रु छ लाख ५० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । उक्त सामग्री उपप्रमुख ज्ञानमाया डङ्गोलमार्फत अस्पताललाई सहयोग गरेको हो । टोखामा हाल पाँच हजार ६९५ कोरोना संक्रमित देखिएका छन् । तीमध्ये ९०५ सक्रिय संक्रमित रहेको सो नगरपालिकाले जनाएको छ । टोखाले हालसम्म छ हजार ७४५ पीसीआर परीक्षण र एक हजार १९७ एन्टिजेन परीक्षण गरिसकेको छ । टोखामा हालसम्म कोरोनाका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार