आइतबार , असार ६, २०७८

बर्दिबासमा सैनिक फिल्ड अस्पताल सञ्चालन

बर्दिबासमा सैनिक फिल्ड अस्पताल सञ्चालन

४ जेठ,महोत्तरी । नेपाली सेनाको मध्यपूर्वी पृतनाले बर्दिबासमा सैनिक फिल्ड अस्पताल सञ्चालन गरेको छ । हाल निर्माणकै चरणमा रहेको बर्दिबास–६, ८, ९ र १३ नं वडा क्षेत्रमा पर्ने सेनाको मध्यपूर्वी पृतना सैनिक शिविर क्षेत्रमा सेनापति पूर्णचन्द्र थापाले सोमबार उद्घाटन गरेसँगै सैनिक फिल्ड अस्पताल सञ्चालनमा आएको हो । अस्पताल मध्यपूर्वी पृतना हेडक्र्वाटरको संयोजन र सैनिक कल्याणकारी कोषको लगानीमा अस्पताल निर्माण भई सञ्चालनमा आएको छ ।

नवनिर्मित २५ शय्याको यस अस्पतालमा नेपाली सेनाका बहालवाला तथा अवकासप्राप्त सैनिक र आश्रित परिवारलाई स्वास्थ्य सेवा उपलब्ध गराइने छ । डेण्टल प्रोसिजर, इएम सर्भिस, बेसिक ल्याब सर्भिस, एक्स रे सेवा, दुर्घटना तथा आकस्मिक सेवा, इनडोर सर्भिस र फार्मेसी सेवा अस्पतालबाट दिइने प्रधानसेनापति थापाले उद्घाटन समारोहमा बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अवकासप्राप्त र बहालवाला सैनिक र आश्रित परिवारले सेवा पाउने यस अस्पतालमा हाल देशमा भयावहरूपमा फैलिँदै गरेको कोभिड–१९ संक्रमणका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएको असहज परिस्थितिबीच शय्या उपलब्ध भएसम्म अन्य सर्वसाधारणलाई पनि सेवा उपलब्ध गराउने सेनाले स्पष्ट पारेको छ । अस्पतालसँगै सैनिक शिविर क्षेत्रमै सैनिक आवासीय महाविद्यालय पनि सञ्चालनमा आएको छ । महाविद्यालयको पनि प्रधानसेनापति थापाले सोमबार नै उद्घाटन गरेका हुन् ।

सैनिक आवासीय महाविद्यालय बर्दिबासमा जनमैत्री शैक्षिक कार्यक्रमअन्तर्गत प्रदेश–२ का आठ जिल्लाबाट दुई÷दुई जनाका दरले दलित, जनजाति, विपन्न, पिछडा एवं टुहुरा बालबालिकालाई पूर्ण छात्रवृत्तिसहित अध्ययनको व्यवस्था मिलाइएको मध्यपूर्वी पृतना हेडक्वार्टरले जनाएको छ । यसै शैक्षिक सत्र ९२०७८० बाट कक्षा ६ शुरु गर्ने र प्रत्येक वर्ष क्रमशः कक्षा थप गर्दै लगिने सेनाको मध्यपूर्वी हेडक्वार्टरले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अदालतको फैसला ‘बादल’ सहितका नेताहरुको समायोजनसँग सम्वन्धित छैनः पोखरेल   अदालतको फैसला ‘बादल’ सहितका नेताहरुको समायोजनसँग सम्वन्धित छैनः पोखरेल   १ हप्ता पहिले
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३९ जनाको मृत्यु पछिल्लो २४ घण्टामा कोरोनाबाट ३९ जनाको मृत्यु ३ दिन पहिले
विपद व्यवस्थापनको कार्यलाई अघि बढाउन बिपक्षी गठबन्धकाे आग्रह विपद व्यवस्थापनको कार्यलाई अघि बढाउन बिपक्षी गठबन्धकाे आग्रह ३ दिन पहिले
घरमै खाद्य सामग्री मगाउन खाद्यलाई फोन गर्नुस ! घरमै खाद्य सामग्री मगाउन खाद्यलाई फोन गर्नुस ! ३ हप्ता पहिले
कांग्रेसले बदल्यो महाधिवेशनको कार्यतालिका [ हेर्नुस सूचीसहित ] कांग्रेसले बदल्यो महाधिवेशनको कार्यतालिका [ हेर्नुस सूचीसहित ] १ दिन पहिले
दुई फाइनान्ससहित तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो दुई फाइनान्ससहित तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो ७ दिन पहिले
कोरोना महामारीमा सामाजिक संघसंस्थाको सहयोग कोरोना महामारीमा सामाजिक संघसंस्थाको सहयोग ३ हप्ता पहिले
नागरिकता संशोधन अध्यादेशप्रति तराईका युवालाई सचेत रहन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अपिल नागरिकता संशोधन अध्यादेशप्रति तराईका युवालाई सचेत रहन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अपिल ४ हप्ता पहिले