आइतबार , असार ६, २०७८

एमाले कार्यदलको बैठक आज बस्दै

एमाले कार्यदलको बैठक आज बस्दै

४ जेठ, काठमाडौं । सत्तारुढ नेकपा एमालेको विवाद मिलाउन भनी गठित १० सदस्यीय कार्यदललाई तीन दिनको समयसीमा दिइएको थियो । तर कार्यदलको बैठक नै उक्त अवधिमा बस्न सकेको छैन । तीन दिनको समय त त्यसै जाने देखिएको छ–कार्यदलका सदस्यसमेत रहेका उपमहासचिव घनश्याम भूषाले भनेका छन् । संभवतः आज पहिलो बैठक बस्ने उनले जानकारी दिए ।

गएको आइतवार प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले दुबै तर्फबाट पाँच-पाँच जना रहने गरी कार्यदल बनाएका हुन् । उक्त कार्यदलले तीन दिन भित्र रिपोर्ट बुझाउने कार्यादेश दिइएको थियो । तीन दिनको समय खेर गएको छ भन्दै सदस्य भूषालले पहिलो बैठकमा सकेसम्म सबै सदस्यको उपस्थिति रहोस् भनेर बैठक बस्न ढिला भएको जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कार्यदलका एक जना सदस्य शंकर पोखरेल अहिले बुटबलमा रहेकाले बैठक बस्न नसकेको थाहा भएको छ । पोखरेल आजै राजधानी आउने भएकाले साँझसम्म बैठक बस्न सक्ने नेता भूषालले बताए । कार्यदलले काम थालेको तीन दिन भित्रै सम्पन्न गर्ने उनले बताए । खास केही पनि छैन , जेठ २,२०७५ मा फर्कंदा सबै समस्या हल भइहाल्छ, समस्या भनेको माओवादीबाट आएका नेताहरुको व्यवस्थापन मात्रै रहेको उनले बताए ।

नेकपा भित्रको विवादका बेला माओवादीका केही नेताले ओलीलाई साथ दिएका थिए । उनीहरुलाई फागुन २८ गते ओली पक्षले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । यही नै विवादको जड भएकाले यसको व्यवस्थापन मात्रै गाह्रो रहेको उनले बताए । कार्यदलमा ओलीका तर्फबाट संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् । यस्तै नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव भूषाल,सचिव गोकर्णराज विष्ट र सुरेन्द्र पाण्डे रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय