एचडियु सेवा सञ्चालन भएपछि संक्रमितलाई सहज
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १७:७:३
४ जेठ,परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को एक स्थानीय तहले छुट्टै भवन बनाएर एचडियु (मिनी आइसियु) सेवासहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएपछि कोरोना संक्रमित बिरामीलाई सहज भएको छ । जिल्लाको बर्दघाट नगरपालिकाले चिसापानीस्थित ढेंडारीफाँटमा कोरोना कहरकैबीचमा अस्पताल भवन बनाएर बीस श्ययाको आइसोलेशन सञ्चालन गरेको हो । सेन्टरमा अहिले गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको छ । जिल्लामा एचडियु सेवा नहुँदा बुटवल, भैरहवा र भरतपुरका अस्पतालमा जानुपर्ने बाध्यता थियो ।
नगरपालिकाले गत वर्षको असारमा कोभिड–१९ महामारीकै बीचमा आइसोलेशन भवन निर्माण शुरु गरेर अहिले आइसोलेशन पुनः सञ्चालनमा ल्याएको हो । दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना महामारीका कारण अस्पतालहरूमा श्यया र अक्सिजन अभावमा अकालमै मृत्यृवरण र उपचारमै समस्या भोग्नु परेको बेला बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो एचडियुसहितको सुविधासम्पन्न आइसोलेशन सञ्चालनमा ल्याएको नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।
बर्दघाटमै सञ्चालनमा रहेको सरकारी स्वामित्वको चिसापानी अस्पतालको आफ्नै जग्गा र भवन नहुँदा सञ्चालन कठिनाइ हुँदै आएको थियो । पहिलो चरणमा करीब रु ७५ लाख र दोस्रो चरणमा करीब रु २० लाखको लागतमा उक्त भवन बनाइएको हो । नगरप्रमुख बस्यालले कोभिड महामारीलाई लक्षित गरी स्वास्थ्य क्षेत्रको पहुँच बढाउन आवश्यक देखिएकाले नयाँ भवन बनाएरै आइसोलेशन सेन्टर बनाइएको बताए ।
उनले अल्पकालीन कोभिड आइसोलेशन र दीर्घकालीन रूपमा चिसापानी अस्पताल सञ्चालन गर्ने उद्देश्यले भवन निर्माण गरिएको जानकारी दिए । आइसोलेशन सेन्टरमा डा शान्ति केसी डा पवन अग्रहरिसहितका विशेषज्ञ चिकित्सकको निगरानीमा अक्सिजनसहितको श्ययामा संक्रमितको उपचार भइरहेको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख माधव ज्ञवालीले बताए ।
नगरपालिकाले संक्रमितलाई आइसोलेशन र बुटवलसम्म थप उपचारका लागि जानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । कोरोना संक्रमितको चापलाई दृष्टिगत गर्दै बर्दघाट नगरपालिकामै रहेको शहीद स्मृति सामुदायिक अस्पतालमा पनि १२ श्ययाको अक्सिजनसहितको आइसोलेशन निर्माण गरिएको नगरप्रमुख शर्माले बताए ।
जिल्लामा रहेका सात स्थानीय तह र अस्पतालले १०३ श्ययाको आइसोलेशन सञ्चालन गरेका छन् । अधिकांश सेन्टरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको छ । जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ भने संक्रमणबाट ९५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार