इजरायल र प्यालेस्टाइनबीच तनाव शुरू, दर्जनौंपटक हवाई हमला
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १९:१:३८
४ जेठ, एजेन्सी । प्यालेस्टाइनी लडाकु समूह हमासका सदस्यहरूले दक्षिणी इजरायली शहरहरूमा लगातार रकेट प्रहार गर्न थालेपछि इजरायलले त्यसको जवाफस्वरूप सोमबार गाजा क्षेत्रमा दर्जनौंपटक हवाई हमला गरेको छ ।
गाजामा बिहान सबेरै भएका ती हवाई हमला गत साता इजरायल र प्यालेस्टाइनबीच तनाव शुरू भएयताकै सबैभन्दा भीषण र शक्तिशाली रहेको बताइएको छ । इजरायली सेनाले लडाकु समूह हमाससँग सम्बन्धित परिसरहरू र तिनीहरूका कमान्डरहरूका घरहरूमाथि लक्षित आक्रमण गरिएको बताए पनि आक्रमणमा प्रमुख सडकहरू र विद्युत् आपूतिका लाइनहरू पनि क्षतिग्रस्त भएका छन् ।
ती आक्रमणपछि के–कति मानवीय क्षति भयो भन्ने खबर प्राप्त भइसकेको छैन । प्यालेस्टाइनी मानअधिकारवादी कार्यकर्ता तथा दुई सन्तानकी आमा नाज्ला सावाले बीबीसीलाई बताएकी छन्– ‘यति डराएकी थिएँ कि म मृत्युका लागि तयार थिएँ । मलाई शान्तपूर्वक मृत्युवरण गर्नु थियो । हामीसँग सहकार्य गर्ने युवा तथा वृद्ध सर्वसाधारण र व्यवसायी व्यक्तिहरूको ज्यान गएको छ । ’
इजरायली सेनाले गाजा क्षेत्रमा करिब २० मिनेट लामो आक्रमणमा ५० वटाभन्दा बढी लडाकु विमान प्रयोग गरेको बताएको छ । इजरायली सेनाले लडाकुहरूको ३५ वटा स्थानमा हमला गरिएको तथा हमाससँग सम्बन्धित १५ किमिभन्दा लामो भूमिगत सुरुङ सञ्जाल ध्वस्त पारिएको दाबी गरेको छ । साथै, सेनाले विगत एक सातायता ती लडाकुहरूले इजरायलतर्फ तीन हजारभन्दा बढी रकेट प्रहार गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार