नवौँ वर्षमा वाग्मती सफाइ महाअभियान
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार १६:३३:५९
५ जेठ,काठमाडौं । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको स्वयंसेवी वाग्मती सफाइ महाअभियान आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ सफाइ महाअभियान शुरु भएको हो ।
सफाइ महाअभियान स्वयंसेवी अभियान भए पनि यसले चन्दा, आर्थिक सहयोग सङ्कलन नगरेको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए । महाअभियानका नाममा कुनै बैंक खातासमेत नखोलिएको उनले बताए । महाअभियानको कुनै समिति र कार्यालयसमेत छैन । कुनै समिति र कार्यालय नभए पनि आठ वर्षदेखि निरन्तर सफाइ महाअभियान चलेको छ ।
विश्वमै लामो समय चलेको स्वयंसेवी अभियानका रूपमा वाग्मतीले पहिचान बनाएको छ । यसैकारण महाअभियानले अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाइसकेको छ । पुरस्कारको सम्मान ग्रहण गरे पनि पुरस्कारको नगद भने बैंक खाता नभएकैले लिइएको थिएन । महाअभियानले गत शनिबार ४१८ हप्ता पूरा गरेको छ । स्वाभिमान र राष्ट्रिय जागरणका लागि निरन्तर महाअभियान चलाइएको हो ।
महाअभियान नवौँ वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कोरोना प्रभावित मजदुर एवं विपन्न वर्गका लागि आज विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पूरा गरी राहत वितरण गर्न लागिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए । कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण अस्पताल भर्ना हुने बिरामीका लागि रगतको अभाव हुन थालेकाले महाअभियानले आज रक्तदान कार्यक्रमसमेत आयोजना गर्न लागेको जनाइएको छ । यसैगरी आज बेलुकी कोरोनाबाट बच्न कस्तो आहार, विहार एवं रहन सहन गर्ने भन्ने विषयमा जुम प्रविधिबाट अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको जनाइएको छ ।
तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा गङ्गा सप्तमीको अवसर पारेर वाग्मती सफाइ महाअभियान शुरु भएको हो । द्वापरयुगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उनका सन्तति भगीरथले पितृ मुक्तिका लागि वर्षौँ तपस्या गरी वैशाख शुक्ल सप्तमीका दिन स्वर्गबाट गङ्गालाई पृथ्वीमा अवतरण गराएको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । पृथ्वीमा गङ्गा अवतरण भएको अवसर पारेर करिब ४० वर्षसम्म ढलमतीमा परिणत भएको वाग्मती सफाइ महाअभियान शुरु भए पनि अपेक्षाकृत नदी सफा भने हुन सकेको छैन ।
महाअभियानले सफाइका लागि देशव्यापी जागरण भने फैलाएको छ । उपत्यकामा वाग्मतीका सहायक नदी समेतको सफाइ शुरु भएको छ । उपत्यकाबाहिरका मुख्य नदी, शहर एवं सांस्कृतिक सम्पदासमेत सफाइ शुरु भएको छ । ‘हामी सक्छौँ, हामी गर्छौँ, हामीले नगरे कसले गर्छ, अहिले नगरे कहिले गर्ने’ भन्ने उत्साहका साथ सफाइ महाअभियान सञ्चालन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
वन्यजन्तु सप्ताहः सामुदायिक वनमा चरा अवलोकन
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार