निर्वाचनको मौनअवधिमा बादललाई भोट मागे प्रधानमन्त्रीले !
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार १९:५५:३५
५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मौन अवधिमा गृहमन्त्री समेत रहेका पार्टीका नेता रामबहादुर थापा ‘बादल’लाई भोट मगेर निर्वाचन कानूनको उल्लंघन गरेका छन् । भोली हुने निर्वाचनका लागि निर्वाचन कानून अनुसार जेठ ३ गते राति १२ बजेदेखि नै निर्वाचनको मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । तर यही अवधिमा मुलुको कार्यकारी प्रमुखले नै निर्वाचन कानूनको उपहास गर्दै आफ्नो पार्टीका उम्मेदवार बादललाई भोट मागेका हुन ।
निर्वाचन कानून अनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइदैन । आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाउनु पर्दछ । मौन अवधिभर एसएमएस, फेसबुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन कानुनले ब्यवस्था गरेपनि प्रधानमनमन्त्रीले नै त्यसलाई उल्लंघन गरेका छन् ।
यस अवधिमा भोट माग्न चुनाव प्रचार प्रसारको काम गर्न पाइदैन भन्दै आयोगले प्रधामन्त्रीले भोट मागेको विषयमा थाहा नभएको र थप बुझेर मात्र प्रतिक्रिया दिने बताएको छ । ओलीले आज एक अपील जारी गर्दै पार्टीको निर्वाचन चिन्ह र आधिकारिक उम्मेदवारलाई मत मागेका हुन । आधिकारी उम्मेदवार बाहेक अरूलाई मत दिनु कल्पना बाहिरको भएको र पार्टी अनुशासन विपरित यस्ता प्रवृत्ति स्वीकार्य नहुने पनि ओलीको भनाई छ ।
‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो उम्मेदवार हुनुहुन्छ। उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ उहाँको विजयले कम्युनिष्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्नेछ। तसर्थ यस निर्वाचनमा एकतावद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई बिजयी बनाउनु हुन आग्रह गर्दछु।’ ओलीले भनेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा एमालेबाट थापा र स्वतन्त्र उम्मेदवार संघीयताविज्ञ खिमलाल देवकोटा चुनावी प्रतिस्पर्धामा छन् । देवकोटालाई एमालेको नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको समर्थन र सहयोग रहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार