गौशालामा ५१ शय्याको निशुल्क आइसोलेशन
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार २१:२८:५६
५ जेठ,काठमाडौं । स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज शुभारम्भ गरेका हुन् ।
केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रं ९सिसिएमसी०का संयोजक पोखरेललाई जानकारी गराए ।
सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध सबैले मिलेर लड्नुपर्ने बताए । उनले भने, “ यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभावकको भूमिका खेल्छ तर यो लडाइँको मोर्चामा हामी सबै एक ठाउँमा उभिएर लड्नुपर्छ ।”
उनले केन्द्रलाई पूर्ण रुपमा सञ्चालन गर्न सिसिएमसी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार अहिले देशका ८६ ठाउँमा पिसिआर प्रयोगशाला र केन्द्रदेखि स्थानीय तहसम्म कोभिड–१९ को उपचार गर्ने अस्पताल स्थापना भएको छ । सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले अक्सिजन प्लान्टलगायत स्वास्थ्य सामग्री खरीद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी प्रारम्भ र पहल थालिएको तथा कोरोना भाइरसविरुद्धको खोप खरीदका लागि औपचारिक प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिए ।
सात वटै प्रदेशमा सात र काठमाडौंँमा एक गरी एक हजार क्षमताका आठ होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण शुरु गरिने उनको भनाइ थियो । सेवाका अध्यक्ष गोयलले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा निर्मित अक्सिजन सेवासहितको आइसोलेसन केन्द्र स्थापना गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर वनक्षेत्र डढेलोले सखाप
बैशाख ९, २०८१ आइतबार
काठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
सावधान ! प्लाष्टिकको प्रयोगले हुन्छ यस्तो डरलाग्दो असर !
बैशाख ११, २०८१ मंगलबार